चरिकोट(दीस) – नेपाली कांगे्रस दोलखाले आफ्ना नेतालाई गृह जिल्ला तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको बुधबार गरिएको गिरफ्तारीको विरोधमा दोलखा कांग्रेसले आज शंख जुलुस निकालिएको छ । कांग्रेस र कांग्रेसका नेतामाथि सरकारले नियोजित ढंगले वरिष्ठ नेता पौडेलमाथि गरिएको दुर्व्यवहार र धरपकडको विरोधमा दोलखा कांग्रेसले नारा जुलुससहित शंख जुलुस निकालेको हो ।सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयबाट सरकारविरुद्ध शंख जुलुस निकालिएको थियो ।जुलुसलगत्तै सातदोबाटो चोकमा कोणसभाको आयोजना गरी कांग्रेस दोलखाले सरकारी रवैयाको विरोध गरेको थियो।सातदोबाटोमा आयोजित कोणसभामा कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्काले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकवादी कदम सुरु गरेको आरोप लगाए । सभापति खड्काले कांग्रेसका वरिष्ठ नेतामाथि भएको दमन र धरपकड इतिहासमै नेपाली जनताका लागि कालो दिन भएको बताए । आज चरिकोट भएको जुलुसमा नेपाली कांगे्रसका नेता कार्यक्रता सहभागि भएका थियो । बुधबार बिवाद कारण रोकिएको पुलको उद्धघाटन नेता पौडेलले गरेका छन् ।
गिरफ्तारीको विरोधमा दोलखा कांग्रेसले निकाल्यो शंख जुलुस
TOPICS:मुख्य खबर
Posted By: दीक्षण दैनिक १८ मंसिर २०७७, बिहीबार १८:३२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "गिरफ्तारीको विरोधमा दोलखा कांग्रेसले निकाल्यो शंख जुलुस"