चरिकोट (दीस)– दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ३ सिंगटीमा रहेको सामुदायीक स्वास्थ्य केन्द्रलाई आज १५ शैयाको अस्पतालको क्षमतामा स्तरोन्नति गरिएको छ । दोलखाको अन्य स्थानीय तहमा अस्पताल निर्माणका लागी शिलान्यास गरिएपनि कालिन्चोक गाउँपालिकामा स्वास्थ्य केन्द्रलाई नै १५ शैयाँको अस्पतालको रुपमा पनि आज उद्धघाटन गरिएको हो । यसैगरि अस्पताल उद्धघाटन गर्नुहुदै वागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईले अस्पतालका लागी आवश्यक पर्ने खानेपानी, घेराबार सहितका आवश्यक भौतिक संरचना निर्माणका लागी पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कालिन्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिन्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठक, प्रमुख प्रशासकिय अधिकृत नबराज ओली , समाजसेवी इन्जिनियर आत्मकृष्ण श्रेष्ठ, कालिन्चोक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष निशान बुढाथोकी, नेकपा कालिन्चोक गाउँपालिका अध्यक्ष भक्त बहादुर शिवाकोटी, नेकपाका नेता कुल बहादुर बुढाथोकी, नेपाली काङ्ग्रेसका नेता लोकराज पाठक लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Be the first to comment on "सिंगटी अस्पताल १५ शैयाको अस्पतालमा स्तरोन्नति"