सुुन्तला बचाउ अभियानमा दोलखाको मेलुङ गाउँपालिका

इश्वर बिश्वकर्मा /चरिकोट–दोलखाको मेलुङ गाउँपालिका सुन्तलाको लागि प्रख्यात छ । यहाँबाट बर्षेनी करोडौं रुपैयाँको सुन्तला बिक्री हुने गरेको छ । पछिल्ला बर्षहरुमा सुन्तलासहित अमिलो जातको फलफूलमा रोग र किरा लाग्न थालेपछि यहाँका किसानहरू चिन्तित छन् । तर अब किसानहरुलाई यो चिन्ताबाट मुक्त गराउन गाउँपालिकाले चालु आवमा सुन्तला बचाउ अभियान सञ्चालन गर्ने भएको छ । अमिलो जातको फलफूल उत्पादन हुने क्षेत्रमा ’सुन्तला बचाउ’ अभियान अन्तर्गत स्वस्थ एवम गुणस्तरीय विरुवा तथा बगैंचा व्यवस्थापन गर्ने, आधुनिक प्रविधको प्रयोग, कीरा तथा रोग व्यवस्थापन तथा नियन्त्रण गरिने पालिकाले जनाएको छ । उक्त अभियान सञ्चालन गर्न चालु आवको लागि १५ लाख रुपैयाँ विनियोजन पालिकाका कृषि शाखा प्रमुख विष्णु जिरेलले बताए । “ सुन्तला र अमिलो जातका फलफुलमा लाग्ने रोग तथा किरा नियन्त्रण नै मुख्य चुनौती बनेको छ ।“ उनले भने“ त्यसैले किरा तथा रोग नियन्त्रणको लागि अभियान नै चलाइने छ ।“ पालिकाको पवटी, ढलेको वर, डाडागाउँ, लामाटार, आंगेटार, मानेडाडा, गैरीगाउँ, छाप, निकासी लगायतका ठाउँमा सुन्तला र अमिलो जातको फलफूल उत्पादन हुने गरेको छ । करिब ८ सय भन्दा बढी किसान व्यवसायिक सुन्तला र फलफूल खेतीमा संलग्न रहेका छन् ।
व्यवसायिक रुपमा सुन्तला र फलफूल खेती गर्नेलाई विशेष प्रोत्साहन गर्ने पालिकाले जनाएको छ । गत वर्ष पालिकाले सुन्तला बचाउ अभियान सञ्चालन गर्न मेलुङ सुन्तला महोत्सव ’२०७६’ को पनि आयोजना गरेको थियो चालु आवमा पालिकाले फलफूल खेती विकास तथा विस्तारका लागि प्राथमिकता साथ विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।
गाउँपालिकाको माथिल्लो क्षेत्रमा स्याउ र नास्पाती, मध्येभेगमा एभोकाडो, त्यसभन्दा तल सुन्तला र किबी अनि तल्लो भेगमा आँप, लिची, केरा जस्ता फलफूलका लागि उर्वर मानिएको छ । परम्परागत फलफूललाई बिषेश प्राथमिकताका दिदै उच्च आम्दानीको स्रोतको रुपमा लिइएको जनाएको छ ।

Shares

Be the first to comment on "सुुन्तला बचाउ अभियानमा दोलखाको मेलुङ गाउँपालिका"

Leave a comment

Your email address will not be published.


*