चरिकोट (दीस) –“योगदान राष्ट्रको लागि जिल्ला” भेलाले राजु थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ दोलखा जिल्ला कार्यसमिति गठन गरेको छ ।नयाँ कार्यसमितिमा उपाध्यक्षमा कुमार श्रेष्ठ ,सचिबमा बिनोद जिरेल ,सहसचिबमा निराजन दाहाल, कोषाध्यक्ष राधिका रिमाललाई चयन गरेका छ । सदस्यमा बिकास फुयाल,कृष्ण कुमारी थामी, अमर श्रेष्ठ ,अरुण बुढाथोकी ,लोप्साङ लामा, मिङ्मा शेर्पा, कैलाश जिरेल, भिम बहादुर जिरेल ,आर्टिस्ट मोक्तानलाई चयन गरेको छ ।
सन्चार संयोजकमा रमेश श्रेष्ठ भएका छन् । सदस्यमा ७ जनालाई बैठकले मनोनियन गर्ने बताइएको छ । पहिलो भेलामा जिल्ला समन्वय समिति दोलखाकी उपप्रमुख मनमाया जिरेल ,नेपाल रेडक्रस सोसाइटी दोलखा सभापती गोकर्ण पोख्रेल ,फर्निचर ब्यबसायी संघ दोलखा अध्यक्ष भिम बहादुर श्रेष्ठ लगायत तथा अन्य व्यक्तिको उपस्थितिमा सम्पन्न भएको नबनिर्वाचित उपाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।
Be the first to comment on "“योगदान राष्ट्रको लागि जिल्ला” मा नयाँ कार्यसमिति"