दोलखाबाट प्रकाशित हुने एक मात्र दैनिक अखबार दीक्षण दैनिक आजबाट चौथो बर्ष पार गरि पाँचौ बर्षमा प्रबेश गरेको छ । हामीले २०७३ साल मंसिर ५ गते दोलखाको सदरमुकाम चरिकोटबाट प्रकाशन सुरु गरेका थियौ । हामीले यसलाई निरन्तर प्रकाशनमा ल्याएका छौ । पत्रकारिता दृष्टीकोणबाट दोलखाबाट दैनिक पत्रिका संन्चालन गर्नु आफैमा चुनौति पुर्ण रहेको छ । हामीले यो अवधी समाजमा रहेको बिकृती , भष्ट्रचार , जनसरोकार विषयमा तथा जनताको समस्याको बिषयमा पत्रकारिता मार्फत उठान गरेका छौ । समाज रहेको सकारात्मक पक्षले उन्नत समाज निर्माणमा प्रेरणाको स्रोत बन्ने भएकोले हामीले त्यसलाई मुल मन्त्रको रुपमा लिएका छौ ।
भोलीका दिनमा जनसरोकार बिषयलाई हामीले उठान गर्ने आम पाठकलाई हामी प्रतिबद्ध रहेको जानकारी गराँछौ । हामीले यो यात्रा पत्रकारिताको मुल मन्त्रलाई आत्मा सात गरेका छौ । पछिल्लो समय पत्रकारिता आफैमा चुनौतीपूर्ण रहेको छ । बिकसित प्रबिधीलाई आत्मासात गर्नु अर्को चुनौति पुर्ण रहेको छ । हामीले ३ वर्ष देखी अनलाइन संकरण संन्चालन गरेको छौ । लोकतन्त्रको मेरुदण्ड आमसञ्चारमाध्यम हो । कुनै पनि मुलुक कति लोकतान्त्रिक छ भनेर त्यो मुलुकमा भएको प्रेस स्वतन्त्रतासँग दाज्ने गरिन्छ । लोकतन्त्रको विजारोपण भएदेखि नै नेपाल पनि प्रेस स्वतन्त्रताको उर्वर भूमीको रुपमा चिनिन थालेको छ ।दोलखामा दर्ता भै प्रकाशित भएको यो ‘दीक्षण दैनिक’ पनि नेपालमा संस्थागत हुदै गएको प्रेस स्वतन्त्रताको सन्तानको रुपमा जन्मिएको छ भन्ने हामीले ठानेका छौ । त्यसैले दीक्षणको पहिलो कर्तव्य, नेपालमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र जनताको ‘जान्न पाउने अधिकार’को सुरक्षाका निम्ती योगदान गर्नु हो । यसका निम्ती दीक्षण जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौ दीक्षणको दोस्रो कर्तव्य, समाजको सकारात्मक पक्षहरुको उजागर गर्नु हो ।
जस्तै, विकास र सकरात्मक पविर्तनको विषयहरुलाई स्थान दिनु,आफ्नै घरवस्तीमा वसेर कर्म गरिरहने कर्मबीरहरुको सफलताहरुलाई महत्व दिनु, नयाँनयाँ प्रविधि भित्र्याएर आफ्नै जन्मस्थलमा लगानी गरिएका उद्यमशील विषयहरु बाहिर ल्याउनु दीक्षणले निर्वाह गर्ने मध्ये मूल कर्म मान्दछ त्यो गर्दैै आएको छ ।मानिसहरुले गरेको अनौठा गतिविधिहरुको रोचक प्रशंगहरु खोजी गर्नु, कृषि, कला र संस्कृतिका पाटाहरुको उजागर गर्नु, चमात्कारी आविष्कारहरु, उत्पादन र बजारीकरणका बारेमा खोजमुलक सामाग्री प्रकाशन गर्नु हाम्रो नियमित कार्य हो । हाम्रो मुख्य पहिचान सत्य, तथ्यको उजागर गर्नु हो, जसका लागि दीक्षणले कसैसँग सम्झौता गर्दैन । पत्रकारिकताको आचारसँहिताको मर्मबाहेक कसैसँग कुनै पनि विषयमा सौदाबाजी नगर्ने दीक्षणको प्रण हो ।भ्रष्ट्राचार, विकृति, विसंगति, अनियमिता, सामाजिक, लैङगिक विभेद र व्यथितिहरुको विरुद्ध निर्भिक कदम चाल्नु दीक्षण डग्मगाउँदैन । बरु, त्यसको गहन खोजी गर्ने र क्रमिक रुपमा उजागर गर्दै जाने कुरामा जस्तोसुकै मूल्य चुकाउन परे पनि दीक्षणले यात्रा जारी राख्ने छ ।
दोलखामा दर्ता भै प्रकाशित भएको यो ‘दीक्षण दैनिक’ पनि नेपालमा संस्थागत हुदै गएको प्रेस स्वतन्त्रताको सन्तानको रुपमा जन्मिएको छ भन्ने हामीले ठानेका छौ । त्यसैले दीक्षणको पहिलो कर्तव्य, नेपालमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र जनताको ‘जान्न पाउने अधिकार’को सुरक्षाका निम्ती योगदान गर्नु हो । यसका निम्ती दीक्षण जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौ । हाम्रो सहकार्यमा सहयोग गर्नु हुने तपाई पाठक बर्ग , बिज्ञापन दाता , अग्रज पत्रकार , सहकर्मी मित्र , दोलखाका , स्थानीय सरकार , सरकारी कार्यालय , तथा अन्य संघ संस्था प्रति हामी सधै कृतज्ञ छौ । अन्तमा, दोलखाको भूमीबाट पहिलो दैनिक अखवारको रुपमा दीक्षण आएको छ । यसले पाठकको अमूल्य माया र सकरात्मक सुझावको अपेक्षा गरेका छौ । तपाईहरुको सुझाबले यो निरन्तर र व्यवसायिक ढँगले प्रकाशन भैरहने छ । साथै, राजनीतिक दल, उद्यमी व्यवसायी, कर्मचारी, किसान, मजदूर, विद्यार्थी, आम नागरिकहरुको सहयोग साथ दीक्षण अझ शसक्त र संस्थागत हुँदै जाने हामीले बिश्वास लिएका छौ ।
Be the first to comment on "दीक्षण दैनिक पाँच बर्षमा प्रबेश"