इश्वर बिश्वकर्मा चरिकोट, कार्तिक २९ अहिले हरेक मानिसले आफ्नो साथीसंगी र आफन्त भेला गरी केक काटेर तामधाम गरी जन्मोत्सव मनाउने परम्परा चल्दै आएको छ । कतिपयले त जन्मदिनमा ठुलै रकम खर्च गरी जन्मोत्सव मनाउने गरेका छन् । तर समाजमा यस्ता मानिस पनि छन्, जसले जन्मदिनको अवसरमा परिवार र साथीसंगीको साथमा मात्र उत्सव मनाउदैनन् । उनिहरुले समाजमा रहेका विपन्न, गरिब र असाहय व्यक्तिको साथमा जन्म उत्सव मनाउदै खुसी बाढ्दै सहयोग पनि गर्ने गरेका छन् । त्यसको उदाहरण बनेका छन्, गौरीशंकर गाउँपालिका ७ मार्बुका निमा शेर्पा । हाल चरिकोटमा होटल व्यवसाय सञ्चालन गर्दै आएका शेर्पाले शुक्रबार आफ्नो ४५ औं जन्मदिनको अवसरमा आवाज नेपाल दोलखाले सञ्चालन गरेको स्नेह केन्द्रलाई पौष्टिक तत्वयुक्त खानेकुरा सहित खाद्यान्न सहयोग गरेका छन् । २५ केजीको २ बोरा चामल, ५ किलो मासु, १ धार्नी घिउ, १ किलो जिरा सहित स्नेह केन्द्रलाई ८ हजार १ सय रुपैयाँ बराबरको शेर्पाले खाद्यान्न सहयोग गरेका आवाज नेपाल दोलखाले जनाएको छ । त्यस्तै उनको भाई बुद्द विर शेर्पाले २ हजार रुपैयाँ सहयोग गरेका आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीले जानकारी दिइन् । “आफ्नो जन्म दिन तिहारमा नै परेकोले जन्मदिनको अवसरमा स्नेह केन्द्रलाई सहयोग गरेको हुँ ।” शेर्पाले भने । स्नेह केन्द्रमा रहेका व्यक्तिहरुलाई तिहारमा खुसी हुने वातावरण निर्माण गराउन जन्म उत्सवमा सहयोग गरेको निमाले बताए । यसरी विपन्न, असहाय, गरिबलाई सहयोग र स्नेह बाढ्दैं जन्मोत्सव मनाउन उनले सबैलाई आग्रह पनि गरेका छन् । पछिल्लो समयमा जन्म दिनको अवसरमा समाजसेवा गर्ने परम्परा बढ्न थालेकोले सरकोरवालाहरुले खुसी व्यक्त गरेका छन् ।
Aa
Be the first to comment on "जसले जन्मोत्सवमा स्नेह केन्द्रलाई गरे सहयोग"