चरिकोट ।अनिल दहाल –दोलखाको मिजिजुली कालिन्चोक सहकारीका अध्यक्ष नारायण बहादुर श्रेष्ठले संस्था भित्र कुनै पनि अनियमितता भएको कसैले प्रमाण दिएमा आफुले राजिनामा दिएर छानबिनमा सहयोग गर्ने बताएका छन् । राजधानीबाट प्रकाशन हुने केही अनलाइनले संस्थाभित्र अनियमितता भएको भन्दै समाचार प्रकाशन गरेपछि अाज संस्थाले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले समाचार प्रकाशन गर्दा आरोपितको पनि भनाई राख्न अनुरोध गरेका छन् । संस्था एकिकरणमा कुनै पनि रकमकाे लेनदेन नभएको अध्यक्ष श्रेष्ठले दाबी गरे । मिजिजुलीसँग साना सहकारीहरुको एकिकरण सहकारीकाे विभागकाे ऐनमा नै रहेर एकिकरण गरेको उनको भनाई रहेको छ । संस्थाले ८६ वटा सुचाङक पुरा भएपछि मात्र ब्राण्ड प्राप्त गरेको र ब्राण्ड प्राप्त गर्न कुनै पनि चलखेल नगरेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । समाचार प्रकाशनमा भने जस्तो कुनै पनि अबैध तरिकाले ऋण लगानी नभएको उनले दाबी गरे । “ऋण लगानी गर्दा संस्थाको आफ्नै मापदण्ड रहेको छ , ठुलो लगानी गर्दा संन्चालक समितिको निर्णयबाट मात्र हुन्छ , कसरी कार्यकारी अधिकृतले ठुलो ऋण लगानी गरे ” अध्यक्ष श्रेष्ठले भने । संस्थाको ऋणको सिमा ३५ लाख मात्र भएको र त्यो सिमा भन्दा माथी एक सदस्यलाई ऋण लगानी नगरेको उनले दाबी गरे । “पुसमा मात्र संस्थाले गाडी खरिद्ध गरेको र चैत्र देखी लकडाउन भएकोले छ , संस्थाकाे गाडी राजधानीमा कसरी दुरुपयोग भयो ” श्रेष्ठले भने । संस्थाका व्यबस्थापकलाई आवश्यक मापदण्ड बमोजिम नेफ्स्कुनले साकोस उत्कृष्ट ब्यबस्थापक घोषणा गरेको उनको भनाई रहेको छ ।
सहकारीद्धारा जारी विज्ञप्ती यस्तो रहेको छ
Be the first to comment on "अनियमितता भएको प्रमाण दिएमा राजिनामा दिएर छानबिनमा सहयोग गर्छु –अध्यक्ष श्रेष्ठ"