तामाकोशी गाउँपालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन हुने

चरिकोट, कार्तिक २३    दोलखाको तामाकोशी गाउँपालिकामा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
पालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०७७र०७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकको सहजताका लागि दुई दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।
कार्तिक २४ गते वडा नं. ४ स्थित वडा कार्यालय र २६ गते वडा नं. ७ को वडा कार्यालय भवन परिसरमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
शिविरमा गोबर परिक्षण, पशु बन्ध्याकरण, रोग निदान तथा उपचार र अन्य परामर्श सेवाहरु उपलब्ध गराइने तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का ( केसी) ले बताइन् ।

आफुले पालेका पशुपन्छीहरु शिविर सञ्चालन हुने स्थानमा ल्याई निशुल्क उपचार सेवा लिई मौकाको फाईदा उठाउन पशुपालक कृषकलाई उनले अनुरोध गरेकी छन् । बिहान १० बजेदेखि ४ बजेसम्म दुबै स्थानमा शिविर सञ्चालन गरिने उनले बताइन्।

गाउँ गाउँमा सिंहदरबारको प्रत्याभूति दिलाउन र पशु पालनका लागि आकर्षण बढाउन पालिकाको सबै वडामा चालु आर्थिक वर्ष एकएक पटक पशु स्वास्थ्य शिविर सञ्चालन गरिने छ। शिविर सञ्चालनको लागि ८ लाख रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष खड्का (केसी) ले बताइन् ।
गोबर, थुनेलो, पिसाब परीक्षणका लागि प्रयोगशाला कार्यक्रम, कृत्रिम गर्भाधान सेवा लगायतका कार्यक्रम गरिने जनाइएको छ । पशुपालक कृषकको आवश्यकता तथा उच्चतम आम्दानी हुने गरी सीप तथा अनुदानको कार्यक्रम सञ्चालन गरिने पालिकाको जनाएको छ ।

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन हुने"

Leave a comment

Your email address will not be published.


*