ईश्वर बिश्वकर्मा चरिकोट, –नापी कार्यालय दोलखाले १ लाख भन्दा बढि राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षको ३ महिनाको अवधीमा नक्सा ट्रेस, फिल्डबुक र रेखाङकनबाट १ लाख ६१ हजार ७ सय ९० रुपैँया राजस्व संकलन गरिएको हो । सबै भन्दा बढी राजस्व संकलन नक्सा ट्रेसबाट भएको छ, भने फिल्डबुकबाट सबैभन्दा कम राजस्व संकलन गरिएको छ । नक्सा ट्रेसबाट १ लाख ५१ हजार ३ सय ५० रुपैँया राजस्व संकलन भएको छ, भने फिल्डबुकबाट सबैभन्दा कम ३ सय २० रुपैँया मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ । त्यस्तै रेखाङकनबाट असोज महिनामा मात्र राजस्व संकलन भएको छ । जसबाट १० हजार १ सय २० रुपैँया संकलन भएको छ । साउनमा नक्सा ट्रेसबाट ५२ हजार ९ सय ४० रुपैँया र फिल्ड बुक १ सय २० गरि कुल ५३ हजार ६० रुपैँया राजस्व संकलन भएको कार्यालय प्रमुख राजु पुरीले बताए । भदौमा नक्सा ट्रेसबाट २८ हजार २ सय १० र फिल्डबुकबाट ५० रुपैँया गरि कुल २८ हजार २ सय ६० रुपैँया राजस्व संकलन भएको छ । असोजमा नक्सा ट्रेसबाट ७० हजार २ सय रुपैँया, फिल्डबुक १ सय ५० रुपैँया र रेखाङकनबाट १० हजार १ सय २० रुपैँया कुल ८० हजार ४ सय ७० रुपैँया राजस्व संकलन भएको सुचना अधिकारी श्याम शुन्दर मचामसीले बताए । कार्यालयमा दैनिक १० देखि १५ जनासम्म सेवाग्राही नापी सम्बन्धि सेवाको लागि आउने गतेका छन् । गत आर्थिक वर्ष २०७६ र०७७ मा नक्साङकनबाट ९७ हजार ३ सय रुपैयाँ र नक्सा ट्रेस बापत ६ लाख ३१ हजार ३१ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।
नापी कार्यालयद्धारा एक लाख भन्दा बढी राजस्व संकलन
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १९ कार्तिक २०७७, बुधबार १३:३२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "नापी कार्यालयद्धारा एक लाख भन्दा बढी राजस्व संकलन"