चरिकोट (दीस) –दोलखामा समुदाय स्तरमा कोरोनाको संक्रमण बढ्न थालेको छ । १७ गते भीमेश्वर नगरपालिकाले लक्षण सहित बिरामी देखा परेपछि स्वाब संकलन गरी २५ जनाको पीसीआर टेष्ट गर्न धुलिखेल पठायो जसमा ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा आज कोरोना पुष्टी हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर ४ र ७ का २ ÷२ जनामा , वडा नम्बर ८ ,३, र ६ का एक –एक जनामा कोरोना संक्रमण भएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खडकाले जानकारी दिए । त्यसैगरी संक्रमित हुने ४ जना सुरक्षा कर्मी रहेका छन् । दोलखाबाट स्वाब संकलन गरी पठाइएका व्यक्तिमा लक्षण देखा परेपछि टेष्ट गरीएको प्रमुख खडकाले बताए । लक्षण सहितको ५ वटा वडामा संक्रमण देखा पर्नुले दोलखामा समुदायमा संक्रमण भएको प्रमुख खडकाले बताए । दोलखामा पछिल्लो समयमा संक्रमण तिब्र रुपमा फैलिन थालेको छ । एक महिनाको अबधीमा एक सय भन्दा बढीमा कोरोना संक्रमण भएको छ ।राजधानी काठमाडौ तिव्र गतिमा कोरोना संक्रमण भएको र दशैमा गाउँ गाँउमा राजधानीबाट मानिस ओहरदोहर गर्नाले पनि संक्रमण बढेको अनुमान गरिएको छ । हाल नेपालमा कोरोना संक्रमण देश भर समुदाय स्तरमा तिब्र गतिमा रहेको छ । कोरोनाबाट बच्न सवाधानी अपनाउनु पर्ने स्वास्थ्य कर्मी भनाई रहेको छ । दोलखामा तिब्र गतिमा फैलिएको संक्रमण बच्न सवाधानी अपनाउन स्वास्थ्य कार्यालय दोलखाले अनुरोध गरेको छ ।
दोलखामा समुदाय स्तरमा कोरोनाको संक्रमण बढ्न थाल्यो
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक १८ कार्तिक २०७७, मंगलवार २०:००
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
१० मंसिर २०८१, सोमबार १०:०४
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर २०८१, सोमबार १०:०३
Be the first to comment on "दोलखामा समुदाय स्तरमा कोरोनाको संक्रमण बढ्न थाल्यो"