चरिकोट (दीस) –दोलखामा कोभिड– १९ को जोखिम कम गर्न पसल दिनमा दुई सत्रमा चलाउन सिफारिस गरिएको छ। आज बसेको संकट व्यवस्थापन समिति दोलखाको बैठकले भीडलाई कम गर्न बजार क्षेत्रमा २ सत्रमा पसलको प्रकृति हेरर २ क्षेत्रमा बिभाजन गरेर पसल खोल्न दिन जिल्ला विपद्ध व्यवस्थापन समितिलाई सिफारिस गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए । उनका अनुसार बिहान १० बजे सम्म खाद्यान्न ,तरकारी पसल, फलफुल ,कृषिको सामाग्रीको खोल्न दिने निर्णय प्रस्ताब गरिएको छ । निर्माण सामाग्रीका पसल तथा फेन्सीका पसल ,सिलाई तथा गै¥ह खाद्यान्नका बिहान १० बजे देखि बेलुका ५ बजेसम्म खोल्ने दिने सिफारिस गरिएको पाण्डेले बताए।बैठकले फुटपाथको सडक तत्काल हटाउने निर्णय गरेकाे छ ।त्यसैगरी बैठकले चरिकोट बजार क्षेत्रमा मालबाहक सबारी साधन सिंगटी लामाबगर राजमार्ग प्रयोग गर्नु पर्ने निर्णय गरेको प्रमुख पाण्डेले बताए । कोभिड १९ को सुरक्षामा पालना गर्नु पर्ने उपायको सबैले पसल तथा नागरिकले गर्नु पर्ने सो पालन नभएमा त्यस्ता व्यक्तिलाई ब्यक्तिलाई प्रहरीले जरिवाना गर्ने पनि बैठकले निर्णय गरेको छ । दोलखामा पछिल्लो कोरोना संक्रमण बढेसँगै यो प्रस्ताब गरिएको पाण्डेले जानकारी दिए ।
Be the first to comment on "दाेलखामा पसल दिनमा दुई सत्रमा चलाउन सिफारिस"