कोरोना संक्रमण बढेसँगै भीमेश्वर नगरपालिकाको अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द

चरिकोट (दीस) – दोलखाको भीमेश्वर नगरपालिकाले चरिकोटमा कोरोना संक्रमण बढेसँगै अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द गरेको छ ।

चरिकोटमा पछिल्लो समय कोरोना बढेसँगै नगरपालिकाले एक सार्वजनिक सुचना जारी गर्दैै उल्लेख्य संख्यामा नगरवासीहरु लगाएत नगरपालिकाका राष्ट्रसेवक कर्मचारीहरु समेत संक्रमीत भई संस्थागत तथा घर आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेकाले नगरकार्यपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नियमीत सेवाहरु अवरुद्ध भएको जनाएको छ ।
पर्याप्त स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर घरभित्रै बस्न र अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले अनुरोध गरेका छन् ।भीमेश्वर नगरपालिकाका ४ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीन जना कर्मचारी आइसोलेशनमा रहेका छन् । दोलखामा पछिल्लो पटक कोरोना संक्रमित संख्या बृद्धी भएको छ । हाल सम्म दोलखामा १ सय ७३ जनामा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणले एक जनाको जिल्लामा मृत्यू भएको छ । काठमाडौमा दाेलखाका नागिरककाे आधा दर्जनको कोरोनाको कारण ज्यान गएको छ ।

Shares

Be the first to comment on "कोरोना संक्रमण बढेसँगै भीमेश्वर नगरपालिकाको अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द"

Leave a comment

Your email address will not be published.


*