बैतेश्वर अस्पतालमा दन्त सेवा थप

इश्वर बिश्वकर्मा चरिकोट, – दोलखाको बैतेश्वर गाउँपालिकाका स्थानीयले दन्त सेवाका लागि निजी डेन्टल धाउनुपर्ने बाध्यता हटेको छ ।पालिकामा अवस्थित बैतेश्वर अस्पतालले दन्त सेवा थप गरि निशुल्क प्रदान गर्न सुरु गरेसँगै स्थानीयहरुले दन्त समस्या लिएर निजी डेन्टल तथा अस्पतालमा धाउनुपर्ने बाध्यता हटेको हो आवश्यक भौतिक संरचना, सामग्री र जनशक्ति व्यवस्थापनपछि असोज २७ बाट दन्तसेवा सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा १ जना डेन्टल हाइजेनिस्टको व्यवस्था गरिएको छ । दाँत सफा गर्ने, दाँत निकाल्ने र परामर्श सेवा निशुल्क उपलब्ध हुने अस्पताल सञ्चालक समिति सदस्य देवराज खत्रीले बताए ।
पालिकामै निशुल्क दन्त सेवा लिन पाएपछि स्थानीय खुसी भएका छन् । स्थानीय चन्द्र बिश्वकर्माले अस्पतालमा दन्त सेवा थप गरिएकोमा खुसी व्यक्त गर्दै भन्छन् “ मंहगो पैसा तिरेर दन्त सेवा लिन निजी डेन्टल जानुपर्थ्यो । अब त दन्त सेवा पाइने, खर्च पनि नलाग्ने ! दुबै हातमा लड्डु जस्तै भयो ।“ अस्पतालबाट विश्वासिलो र प्रभावकारी सेवा पाउने कुरामा उनि विश्वस्त रहेका छन् । उनले भने “ हुन त सुरक्षा र सरसफाई गरे दाँतको समस्या नै आउदैन् । तरपनि दाँत सम्बन्धी कुनै समस्या परेमा अस्पतालबाट निशुल्क सेवा लिन पाइने भयो ।“
अस्पतालमा निःशुल्क दन्त सेवा उपलब्ध भएपछि असाहय र विपन्न वर्गका लागि दाँतको उपचारमा धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता अब हटेको छ । अस्पतालमा छिट्टै आँखा सेवा पनि थप गरिने भएको छ । अस्पताल सञ्चालक समितिको अनुसार दशैंपछि आँखा सेवा थपिने छ । जसले गर्दा आँखा सम्बन्धि समस्या हुनेहरूले सहज रुपमा सेवा पाउने अस्पताल सञ्चालक समितिका सदस्य खत्रीले बताए ।

Shares

Be the first to comment on "बैतेश्वर अस्पतालमा दन्त सेवा थप"

Leave a comment

Your email address will not be published.


*