ईश्वर बिश्वकर्मा चरिकोट,–दशैं नजिकिएसगैं विगु गाउँपालिकाले वडा नं ४ क्षेत्रको सिंगटी बजारको बिहिबार अनुगमन गरेको छ । उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र्र सिंगटी बजारमा कोरोनाको बाहनामा दशैंको मुखमा कालोबजारी र मुल्य बृद्धि गरिएको हुन सक्ने भन्दै त्यस्तो रोक्न अनुगमन गरिएको हो । विगु गाउँपालिकाका उपाध्यक्ष संजिव ओलीको संयोजकत्वमा , इलाका प्रशासन, इलाका प्रहरी, उद्योग वाणिज्य संघ सिंगटी शाखाका कर्मचारी एवं प्रतिनिधि को टोलीले बजार अनुगमन गरेको हो । होटल, किराना तथा फलफूल पसल, दुध डेरी, मासु पसलमा अनुगमन गरिएको पालिका उपाध्यक्ष ओलीले बताए । ५ वटा पसलबाट भने सानो परिमाणमा म्याद नाघेका चाउचाउ बिस्कुट, मसला र आँटा बिक्रीका लागि राखिएको पाइएकोले जफथ गरिएको र त्यस्ता सामग्रीको बिक्री वितरण नगर्न निर्देशन गरिएको उनले बताए । दशैं नजिकिएको बेला उपभोक्ता नठगिउनु भन्ने उद्देश्यका साथ बजार अनुगमन गरिएको उनले बताए । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या हुन सक्ने भनि बजार अनुगमन गरिएको हो । तर उपभोक्ताबाट कुनै गुनासो आएको खण्डमा चाडपर्वमा मात्र नभई अन्य बेला पनि अनुगमन गर्ने गरिएको छ । “कोरोनाको वाहना बनाएर व्यापारीबाट उपभोक्ता ठगिने हुन सक्छ । त्यसको नियन्त्रण गर्न अनुगमन गरिएको हो ।“ उपाध्यक्ष ओलीले भने “ बजार अनुगमनको क्रममा मुल्य बृद्धि गर्ने, कालोबजारी गर्ने, म्याद नाघेका वस्तुहरु बिक्री गर्ने गरेको पाइएमा कारबाही गरिने छ ।“ दशैं नजिकिँदै गर्दा बजारमा सामान खरिदका लागि मानिसहरुको भिड लागेको पाइएको छ। अनुगमनको क्रममा धेरैजसो व्यापारी र उपभोक्ताले कोरोना भाइरसबाट जोगिन सुरक्षा सतर्कता नअपनाउने गरिएको पाइएकोले सुरक्षा सतर्कता अपनाई खरिदबिक्री गर्न सचेत गराइएको वडा नं ४ का वडाध्यक्ष एवं पालिका प्रवक्ता वुक्तम तामाङले बताए । उनले बजार अनुगमनको क्रममा पसल दर्ता नविकरण नभए दर्ता नविकरण गर्न, मुल्य सुची राख्न र मुल्य बृद्धि नगर्न व्यापारीहरुलाई निर्देशन गरिएको बताए । समयसमयमा बजारको छड्के अनुगमन पनि गरिरहेको पनि उनले बताए ।कालिञ्चोक गाउँपालिकाका क्षेत्रमा पर्ने सिंगटी बजारका पसलमा भने केहिदिन पछि अनुगमन गरिने जनाइएको छ ।
सिंगटी बजारको अनुगमन
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ३० आश्विन २०७७, शुक्रबार १८:५२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "सिंगटी बजारको अनुगमन"