चरिकोट, २३ असोज–वाग्मती प्रदेशसभामा दोलखाबाट प्रतिनिधित्व गर्ने सांसद विशाल खड्का दम्पत्तिलाई लाई कोरोना संक्रमण देखिएको छ । दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद खड्कालाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
सांसद खड्कालाई सामान्य रुघाखोकी, हल्का ज्वरो र जिउ दुख्ने समस्या आएपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्यमा केही समस्या आएपछि उहाँ केहीदिन यता घरमै आराम गरेर बसेकाे उनले बताए ।
सामाजिक संजालमार्फत सांसद खड्काले आफुलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरे । सांसद खड्कासँगै उहाँकी जिवनसंगिनी सोविता बुढाथोकीलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
Be the first to comment on "सांसद विशाल खड्का दम्पत्तिलाई कोरोना संक्रमण"