काठमाडौं । नेपालमा थप २४ सय ४० जनामा कोरोना पुष्टि भएको छ । यो संक्रमण संख्या नेपालमा एकै दिन भएको अहिलेसम्मकै उच्च संख्या हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २४ सय ४० जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार २१९ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ११ सय ३३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ६५ हजार २०२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७३ रहेको प्रवक्ता गौतमले बताएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ३१६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १० लाख ८८ हजार २२९ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ४ हजार ३३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १२ हजार ३१६ जना रहेका छन् । त्यस्तै देशभर भेन्टिलेटरमा ३४ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २४४ जना रहेका छन् ।
काठमाडौँ उपत्यकामा आज १५ सय ३१ जना कोरोना संक्रमित
काठमाडौँ उपत्यकामा आज १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ११ सय ७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित भेटिएका छन् ।
Be the first to comment on "थप २४ सय ४० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ८९ हजार नाघ्यो"