यौन दुर्व्यवहारको आरोपमा अनुरागसँग ८ घण्टा सोधपुछ

एजेन्सी । यौन दुर्व्यवहारको आरोप लागेका बलिउड निर्देशक अनुराग कश्यपसँग मुम्बई प्रहरीले आठ घण्टा सोधपुछ गरेको छ । उनीविरुद्ध अभिनेत्री पायल घोषले मुम्बई प्रहरी वृत्तमा यौन दुर्व्यवहारको लिखित गुनासो दर्ता गराएकी हुन् ।

अनुराग बिहीबार आफ्ना साथीहरुसँग बिहानको साढे ९ बजे मुम्बई प्रहरी वृत्त पुगेका थिए । उनीसँग १० बजेदेखि सोधपुछ सुरु गरिएको थियो भने उनी आफ्ना वकिलसँग साँझको ६ बजे मुम्बई प्रहरी वृत्तबाट बाहिरिएको इन्डियन एक्सप्रेसले लेखेको छ ।

अनुरागकी वकिल प्रियंका खिमानीले अक्टोबर २ (शुक्रबार) विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेकी छन् । विज्ञप्तिमा भनिएको छ, “वर्सोजा प्रहरी वृत्तमा पायल घोषले दर्ता गराएको एफआईआरमा भनिएको छ कि कश्यपले २०१३ अगस्तमा उनलाई आफ्नो घर बोलाएर यौन दुर्व्यवहार गरेका थियो । अनुराग कश्यप आफैं अक्टोबर १ मा यसबारे सोधपुछमा सामेल भए ।’’

साथै कश्यप अक्टोबरभरी चलचित्र छायांकनका लागि श्रीलंका गएका थिए । यसको पुष्टि गर्दै कश्यपले आवश्यक कागजात पनि देखाएको विज्ञप्तिमा उल्लेख छ । यसअघि पनि कश्यपले विज्ञप्ति जारी गरी यो आरोप झुटो भएको भन्दै खण्डन गरेका थिए ।

Shares

Be the first to comment on "यौन दुर्व्यवहारको आरोपमा अनुरागसँग ८ घण्टा सोधपुछ"

Leave a comment

Your email address will not be published.


*