चरिकोट÷अनिल दहाल – दोलखाको जिरी स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुको उत्प्रेरणा तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ । संस्थाका ९ वटा कार्यालयहरुमा कार्यरत कर्मचारीहरु सहभागि भएका हुन । तालिमको उद्धघाटन गर्दै संस्थाका अध्यक्ष भुमिराज खड्काले सम्पूर्ण कर्मचारीको मेहनतले संस्थाको दिनानु दिन प्रगति भई रहेको उल्लेख गर्नु हँुदै आगामी दिनमा अझै प्रगतिका लागि शुभकामना दिनु भएको थियो । उहाँले संस्थाले यस आर्थिक बर्ष शुरुवातसंगै संचालक समितिले पारित गरेको दीर्घकालिन रणनीतिक योजना, वार्षिक योजना तथा परिवर्तित ऋण नीति, बचत नीति, सदस्यता नीति, भाखा नाघेको ऋण असुली नीति, धितो मूल्याँकन नीति एवं व्यवसाय निरन्तरता ऋण लगानी तथा असुली निर्देशिका र हायर पर्चेज ऋण लगानी तथा असुली निर्देशिकाको पूर्ण कार्यन्वयन गर्दै संस्थाको गतिविधी अगाडि बढाउन निर्देशन दिनु भएको थियो ।
सहभागी कर्मचारीलाई व्यक्तित्व विकास, व्यवसायिक व्यक्तित्व निर्माण, प्रतिष्पर्धी क्षमता विकास र परिवर्तित ऋण नीतिको आयामहरुको सन्दर्भमा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा भाखा नाघेको ऋण असुली व्यवस्थापनका लागि आगामी दिनमा संस्थाको असुली प्रकृया सहितको भाखा नाघेको ऋण असुली नीतिको व्यवस्था र कार्यन्वयनमा व्यवस्थापन भूमिका सन्दर्भमा संस्थाको व्यवस्थापक रामबहादुर खत्रीले सहजीकरण गर्नु भएको थियो ।
फुर्सद भए यो पनि हेर्नू होस ।
https://www.youtube.com/watch?v=fi-Mj4l-_7I&t=492s
https://www.youtube.com/watch?v=fi-Mj4l-_7I&t=513s
Be the first to comment on "एकीकृत फ्रेण्डसिपमा ः कर्मचारी उत्प्रेरणा तथा क्षमता विकास तालिम सम्पन्न"