चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकाको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत आर्थिक बर्ष १८ लाख खर्च भएको छ । पालिकाले हालै सार्वजनिक खर्च बिबरण अनुसार गाउँपालिकाले कोरोना नियन्त्रणका लागि गत आर्थिक बर्ष २०७६/०७७ मा १८ लाख ९५ हजार खर्च भएको जनाएको छ ।
पालिकाले स्वास्थ्य सामाग्री तथा उपकरण खरिदमा ७ लाख ५१ हजार, कर्मचारीको पारिश्रमिकमा १ लाख ९५ हजार, सवारी एम्बुलेन्स मर्मत तथा इन्धनमा १ लाख ९० हजार , जिल्ला समन्वय समितीको कोभिड नियन्त्रण कोषमा २ लाख रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले बताए ।
त्यसैगरी औषधि खरिदमा ७० हजार, अत्ति बिपन्न परिवारलाई राहत सहयोगमा ९२ हजार तथा अन्य भाँडाकुडा खरिद, सवारी खर्च , खाना तथा संचारको क्षेत्रमा खर्च भएको अधिकृत विश्वकर्माले जानकारी दिए ।
Be the first to comment on "कोरोना नियन्त्रणमा मेलुङ गाउँपालिकाको १८ लाख खर्च"