दोलखा,२९ भदौ । दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङको पहिरोपीडितलाई बिभिन्न ब्यक्तिहरुको सहयोगमा जस्तापाता बितरण गरिएको छ । दोलखाका बिभिन्न क्षेत्रमा बसोबास गर्ने र सोहि गाउँपालिकाका केहि स्थानियहरुको पहलमा पहिरो पिडित थामी समुदायलाई राहत स्वरुप जस्ता बितरण गरिएको हो । नेपाली कांगे्रसका युवा नेताहरु च्याङा शेर्पा, डम्बरबहादुर तमाङ, कर्मा शेर्पा लगायतको ब्यक्तिगत रकम र अन्य केहि नागरिकहरुको सहयोगमा करिब दुई लाख बराबरको २० बण्डल रङगीन जस्तापाता र खानेपानीका लागि पाईप बितरण गरिएको छ । आज उनिहरुले पहिरो गएको स्थलमा पुगेर नागरिकहरुलाई जस्ता र पानिका लागि पाईप बितरण गरेका हुन् । पाईप बितरण गर्दै जनप्रतिनिधि एबं कांग्रेस नेता डम्बर बहादुर तमाङले पहिरोले घर भत्काएका नागरिकहरुको दुखलाई थोरै भएपनि मलम लगाउने उदेश्यले यो सहयोग हस्तान्तरण गरेको बताए । तमाङले यो कुनै सरकारी सहयोग नभई नागरिकहरुले पहिरो गएको यो अबस्थामा पनि कसैले सहयोग गर्न चासो नदेखाएपछि आफुहरुले ब्यक्तिगत रुपमा केहि रकम संकलन गरेर पहिरोस्थलमा पुगेर राहात बितरण गरेको बताए । राहत जस्तापाता र खानेपाीका लागि पाईप उपलब्ध गरेसँगै नागरिकहरुलाई थोरै भएपनि खुसि छाएको स्थानिय सहदेब खड्काले बताए । हाल दैनिक जसो अबिरल बर्षाका कारण दैनिक पहिरोका कारण नागरिकहरुको करोडौं मात्रामा क्षति भईरहेको छ भने कालिन्चोक गाउँपालिकाको अगुवाईमा दुईवटा डोजर प्रयोग गरि पहिरो पन्छाएर खोलो थुन्नबाट रोक्न खोजेपनि माथिबाट झरिरहेको पहिरो रोक्न कठिनाई भईरहेको पालिका प्रमुख बिनकुमार थामीले बताए । लापिलाङको रानिबनबाट झरेको पहिरोका कारण करिब दुई सय घर बिस्थापित बन्ने अबस्थामा रहेका छन्े भने २० घर बिहिन बनेका छन् । सोहि पहिरो पिडितलाई निता फाउन्डेसनले पनि २० बण्डल जस्ता बितरण गरेको फाउन्डेसनकी अध्यक्ष निता राउतले बताईन् ।
Be the first to comment on "लापिलाङ पहिरो पीडितलाई जस्ता र खानेपानीको पाईप सहयोग"