क्यान्सर पीडित महिलाको दुखेसो ः कहाँबाट पैसा ल्याएर उपचार गरौ

चरिकोट /(सुजन काफ्ले ) –दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर ७ घर एक महिलाले उपचारमा सहयोग गरिदिन अनुरोध गरेकी छन् । सो वडाकी क्यान्सर पीडित धन कुमारी मगरको अहिले आर्थिक समस्या कै कारण उपचार हुन सकेको छैन।“सम्पतिको नाममा एक रोपनी बारी भन्दा अरु केही छैन,कताबाट पैसा ल्याएर उपचार गर्नु ”उनका श्रीमान राम बहादुर मगर दुखेसो पोखे ।“ म गरिबलाई रोग लाग्यो अब कसरी बाँच्ने , कताबाट यस्तो रोग लाग्यो क्यान्सर पीडित धनकुमारी भनिन् , बाँच्ने रहर त छ , काँहाबाट पैसा ल्याएर उपचार गरौ ।
पीडितका श्रीमान राम बहादुर मगर अहिले ५५ बर्ष पुगेका छन् भने धनकुमारी ५० बर्ष पुगेकि छिन् । उनीहरुको हेरचाह गर्ने सन्तान समेत छैन।उनिहरुको बालबच्चा पनि छैन। भुकम्पपछि दुख गरेर बनाएको घरमा बस्दै आएका उनीहरुको आम्दानीको स्रोत समेत केही छैन,उनका श्रीमान राम बहादुरले भने । मजदुरी गरेर जिवनयापन चलाउदै आएका उनिहरु धनकुमारी मगरको स्वास्थ्यमा समस्या आएपछि गत असारमा सदरमुकाम चरिकोटमा रहेको सामुदायिक अस्पतालमा पु¥याइएको थियो। जिल्लामा उपचार सम्भव नभए पछी भक्तपुर क्यान्सर अस्पतालले असार १७ गते क्याम्सर भएको प्रमाणित गरेको थियो। सहकारीबाट एक लाख लिएर चरिकोट र काठमाडौमा लगेर उपचार गरेका राम बहादुरले श्रीमतीलाई क्यान्सर प्रमाणित भएपछि लगेको १ लाख उपचारका क्रममै सकिएको थियो। त्यसपछ उनि बिरामी लिएर घर फर्किएका थिए। अहिले २र ३ लाख त ऋण नै बाँकी छ थप उपचार गर्ने अबस्था नभएको राम बहादुर सुनाँउछन। कसैले सहयोग गरेर उपचार पाए अझै केही बर्ष बाच्ने आशा रहेको पीडित धन कुमारी मगर बताँउछिन।७ देखि १० लाख उपचार खर्च लाग्ने अस्पतालले बताएको पीडितको भनाइ छ।पीडितका लागि आर्थिक सहयोग जुटाउनका लागि बिभिन्न ब्यक्ति र संस्थालाइ नेपाली कांगे्रसका नगर सचीव शंकर कार्कीले अनुरोध गरेका छन। पीडितको घरमा शुक्रबार पुगेका स्थानीय बिकास खड्काले ५ हजार सहयोग गरेका थिए।पीडित परिवारले सहयोग गरिदिनु हुन सबैलाइ आग्रह गरेका छन।

Shares

Be the first to comment on "क्यान्सर पीडित महिलाको दुखेसो ः कहाँबाट पैसा ल्याएर उपचार गरौ"

Leave a comment

Your email address will not be published.


*