मिलिजुली कालिञ्चोकमा व्यबसाय निरन्तरता योजना

चरिकोट्/अनिल दहाल –दोलखाको मिलिजुली कालिञ्चोक साकोसले व्यबसाय निरन्तरता योजना निर्माण गरी लागु गरेको छ।संस्थाको सञ्चालक समितिको २०७७ साल भाद्र २३ गते बसेको बैठकले यो योजना पारित गरेसँगै यो योजना लागु भएको हो ।
कोरोना भाईरस महामारी (कोभिड १९) को असरबाट शेयर सदस्य, कर्मचारी र संस्थालाई सुरक्षा दिन, सावधानी अपनाउन, निरन्तर रुपमा सदस्यको व्यबसाय सञ्चालन गराउन, कर्मचारीहरुबाट नियमित रुपमा सदस्य सेवा प्रवाह गराउन र संस्थालाई निरन्तर सदस्य सेवाको लागि सञ्चालन गर्नको लागि ब्यबसाय योजना निर्माण गरी लागु गरिएको संस्थाका कार्यकारी अधिकृत ईस्वर न्यौपानले जानकारी दिए । बैठकमा संस्थाबाट ऋण लाने शेयर सदस्यहरुको तिर्न सक्ने क्षमता बिश्लेषणे गरिएको उनले जानकारी दिए । बैठकले शेयर सदस्यहरुलाई भावि ६ महिनाको लागि आर्थिक रुपमा सुरक्षित हुनको लागि बाँकी शेयर सदस्यहरुलाई आकस्मिक कोष बचत योजनामा सहभागि गराउन अभियान चलाउने निर्णय गरेको संस्थाका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

Shares

Be the first to comment on "मिलिजुली कालिञ्चोकमा व्यबसाय निरन्तरता योजना"

Leave a comment

Your email address will not be published.


*