चरिकोट, भदौ १६(दीस)– दोलखामा आज २ जनामा कोरोना संक्रमण भएको छ । आज आएको पीसीआर टेष्टको रिपोर्ट बिगु गाउँपालिकामा २ जना महिलालाई कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय दोलखाले दिएको जानकारी अनुसार गत भदौ ११ गते गते बिगु गाउँपालिकाबाट पठाइएको ७३ जनाको स्वाबको नमुना मध्ये २ जना महिलाको रिपोर्ट पोजिटिभ आएको छ ।यसै गरी सोही दिन नै भिमेश्वर नगरपालिका बाट पठाइएको ११ जनाको मध्ये १ जना पुरुषको दोस्रो पटक पोजिटिभ आएको छ भने अरु सबै नेगेटिभ रहेको छ।यसै गरी सोही दिन नै कालिन्चोक गाउँपालिकाबाट पठाइएको २७ र मेलुङ्ग गाउँपालिकाको ११ जनाको नमुना परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । दोलखा जिल्लामा पनि संक्रमितको संख्या बढि रहेको परिपेक्षमा अझै थप सावधानि अपनाउन सबैमा स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
दोलखामा आज २ जनामा कोरोना संक्रमण
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक १६ भाद्र २०७७, मंगलवार १३:४२
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "दोलखामा आज २ जनामा कोरोना संक्रमण"