काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा दुई महिला र ९ पुरुषहरु रहेका छन् । मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । त्यसैगरी कैलालीका दुईजना ४५ र ५० वर्षीय, महोत्तरीका तीनजना ६०, ७५ र ७२ वर्षीय, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय, बारामा दुई जना ४१ र ४६ वर्षीय पुरुषहरुको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७५ पुगेको छ । कुल कोरोना संक्रमितको ० दशमलव ५ प्रतिशतको मृत्यु भएको छ ।
थप ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५०४ पुगेको छ ।
आज देशभरी सक्रिय संक्रमित १४ हजार ७ सय ९९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ६२, प्रदेश नम्बर २ मा १ हजार ८ सय ८१, बागमती प्रदेशमा ३ हजार ३९ र गण्डकी प्रदेशमा ३ सय ८७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९४, कर्णाली प्रदेशमा ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा ९ सय ९४ गरी जम्मा ८ सय ७ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आज १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा १४ जना उपचाररत रहेका छन ।
यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ६ सय ७५, बागमती प्रदेशमा १ हजार ४ स ९९ र गण्डकी प्रदेशमा १८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३३ जना गरी होम आइसोलेसनमा ६ हजार २८ जना रहेका छन् ।
क्वारेन्टिनमा ९ हजार ८ सय ३२ जना रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ५६, प्रदेश नम्बर २ मा ९ सय ६८, बागमती प्रदेशमा ७ सय ६६ र गण्डकी प्रदेशमा २ हजार ३ सय ४३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ९९, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार २९३ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैबीच नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको मृत्यु भएको बताए । यस्तै कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै बाँकेमा ३७ वर्षीय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षीय पुरुष र बारामा ४१ र ४६ वर्षीय ुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।
Be the first to comment on "कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु"