जुलाईदेखि ‘उच्च जोखिम’मा रहेकालाई चीनले कोरोना खोप दिदै आएको खुलासा

बेइजिङ : चीनले जुलाईदेखि ‘उच्च जोखिम’ मा रहेकालाई कोरोना खोप दिँदै आएको बताएको छ। कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक र सिमानामा रहेका अधिकारीलाई खोप दिदै आएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीले बताएका छन्।

 

विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक जेङ जोगेइका अनुसार खोपको प्रयोगका लागि जुलाई २२ मा प्रमाणिकरण गरिएको थियो। चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीलाई अन्तरवार्ता दिँदै उनले उक्त खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, महामारी रोकथाममा खटिएका अधिकारी तथा सिमानामा रहेका अधिकारीलाई दिइदै आएको बताएका छन्।

उक्त खोपको विकास सिनोफार्मको चाइना नेशनल बायोटेक ग्रुप कम्पनीले गरेको हो। यसको तेस्रो चरणको परीक्षण युएई, पेरु, मोरक्को तथा अर्जेन्टिनामा गरिएमा गरिएको थियो।

यसअघि रुसले कोरोना खोप प्रयोगका लागि उत्पादन गर्ने अनुमति प्रदान गरेको थियो। राष्ट्रपति भ्लादिमिर पुटिनले खोप सुरक्षित र भरपर्दो रहेको बताउँदै पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिइने बताएका थिए।

तर विश्वका धेरै विज्ञहरूले भने फास्ट ट्रयाकबाट खोप विकास गरिएको भन्दै सुरक्षित हुनेमा आशंका व्यक्त गर्दै आएका छन्।

Shares

Be the first to comment on "जुलाईदेखि ‘उच्च जोखिम’मा रहेकालाई चीनले कोरोना खोप दिदै आएको खुलासा"

Leave a comment

Your email address will not be published.


*