अनेरास्ववियु दोलखाद्धारा लकडाउन अबधी भरकाे बिद्यार्थीको कोठा भाडा छुट दिन अनुरोध

चरिकोट । अनेरास्ववियु दोलखाले आज एक अपिल जारी गर्देै लकडाउन अबधी भर बिद्यार्थीको कोठा भाडा छुट दिन घरबेटीलाई अनुरोध गरेको छ ।  अनेरास्ववियु दोलखाका सहसंयोजक राजकुमार ढुङगेलले जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेलाई  साे अपिल हस्तान्तरण गरेका छन् ।

अनेरास्ववियुले जारी गरेको अपिलमा यस्तो रहेको छ ।

 

 

हार्दिक अपिल

हाम्रो गौरवशाली संगठन अनेरास्ववियू शैक्षिक आन्दोलनको नेता संगठन, लोकतान्त्रिक गणतन्त्रको योद्धा, सामाजिक परिवर्तनको संवाहक, राष्ट्रियताको पहरेदार, रचनात्मक क्रियाशीलताको नेता, जनता र जनजीविकाको सवालमा सडक बाघ संगठनको रुपमा स्थापित भै लोकतान्त्र र मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता सामाजिक न्याय सँगै विद्यार्थीहरुको हक अधिकार प्राप्तिको लागि निरन्तर संघर्ष गर्दै आइरहेको कुरा सर्वविदितै छ । विश्व जगत यतिखेर कोभिड–१९ (कोरोना भाइरस) को महामारीसँग लडिरहेको छ । जसले गर्दा सिंगो मानव समाजको अस्तित्व नै खतरामा पर्ने संकेत देखिरहेको छ । हाम्रो देशमा पनि संक्रमण दर पैmलंदै गइरहेको छ । संक्रमण थप फैलन नदिन सरकारद्धारा जारी गरीएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्न हार्दिक अपिल गर्दछौ । कोभिड–१९ को कारणले गर्दा शैक्षिक क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ, लाखौ विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित भएका छन् । यस संकटको घडिमा विद्यार्थीहरु सबैभन्दा बढी समस्यामा परेका छन् तिनिहरुको समस्या समाधानको लागि संम्बन्धित निकायहरुसँग निम्न कुराहरुमा सहजिकरणका लागि हार्दिक अपिल गर्दछौ ।

१. कोठा भाडामा बस्ने विद्यार्थीहरुको तथ्याङ्क संकलन गरी सम्वन्धित घरधनिहरुसँँग लकडाउन अवधिभरको सम्पूर्ण भाडा छुटको लागि पहल गरिदीनुहुन हार्दिक अपिल गर्दछौ ।

२. निजी विद्यालयहरुसँग समन्वय गरी सम्बन्धित स्थानीय तहले लकडाउन अवधिभरको समपूर्ण मासिक शूल्क छुटको व्यवस्था गरीदिनु हुन हार्दिक अपिल गर्दछौ ।

३. सामुदायिक विद्यालयहरुले विभिन्न वहनामा विद्यार्थीहरुबाट शूल्क लिइएको पाइएकोले आगामि दिनहरुमा त्यस्तो कार्य तत्काल रोक्न तथा लिएको शूल्क फिर्ता गर्न समेत अनुरोध गर्दछौ ।

४. जिल्लामा संचालित सम्पूर्ण क्याम्पसहरुलाई लकडाउन अवधिभरको कुनै पनि शूल्क नलिन अनुरोध गर्दछौ ।

५. संक्रमण दर थप बढ्दै गइरहेकोले गर्दा तत्काल विद्यालयहरु, क्याम्पसहरु संचान नगर्न नगराउन तथा कुनै पनि परिक्षा संचालन नगर्न अनुरोध गर्दछौ । यदि संचालन गर्ने भएमा सम्पूर्ण विद्यार्थी, शिक्षकहरुको कोरोना परिक्षण गरेर मात्र संचालन गर्न समेत अपिल गर्दछौ ।

६. कोरोनाको संक्रमण दर दिन प्रतिदिन बढिरहेकोले नेपाल सरकार र स्थानीय प्रशासनद्धारा जारि गरीएका सुचनाहरुको पूर्ण रुपमा पालना गर्न समेत सबैमा अपिल गर्दछौ ।

हार्दिक न्यानो अभिवादन सहित !!!

Shares

Be the first to comment on "अनेरास्ववियु दोलखाद्धारा लकडाउन अबधी भरकाे बिद्यार्थीको कोठा भाडा छुट दिन अनुरोध"

Leave a comment

Your email address will not be published.


*