दोलखामा कम्युनिष्ट पार्टी स्थापना सदस्य भन्छन ःकम्युनिष्ट राजनीति गर्नु अपराध जस्तै थियो

दोलखा जिल्ला कम्युनिष्ट आन्दोलनमा एक अग्रणि जिल्लाका रुपमा लिईन्छ । विभिन्न समयमा भएका निर्वाचनले यस जिल्लामा कम्युनिष्टको पकड बलियो रहेको प्रमाणित गर्छ । पछिल्लो पटक भएको प्रतिनिधी सभा निर्वाचनमा कम्युनिष्ट उम्मेदवारले निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवारलाई करिब ३० हजार मतको अन्तरमा पराजित गरेका थिए । दोलखामा कम्युनिष्ट पार्टी स्थापना लगायतका विषयमा दीक्षण सहकर्मी अर्जुन अपवादले पुराना कम्युनिष्ट कार्यकर्ता तथा सुरुवातकालिन अवस्थामा सदस्यता लिएका जयप्रसाद दहालसँग कुराकानी गरेका थिए । कुराकानीको सम्पादित अंशः

कम्युनिष्ट आन्दोलन सुरु कसरी भयो ?
म एउटा सामान्य परिवारको मान्छे । बच्चाबेलादेखी नै अन्याय अत्याचारको अलिकति विरोध गर्नुपर्छ । पछि परेका मान्छेलाई अगाडि बढाउनुपर्छ । भन्ने खालको मानसिकता थियो । कम्युनिष्ट आन्दोलनले शोषित पिडितको उत्थान गर्छ भन्ने कुरा मैले कतै भेटें । त्यसपछि मलाई अत्यन्तै रहर लागेर म यसमा लागें ।

 तपाँई जतिखेर कम्युनिष्ट हुनुभयो । त्यसबेला त अपराध पो हुन्थ्यो नि कम्युनिष्ट हुन हैन ? कहाँबाट कम्युनिष्ट हुन सिक्नुभयो ?

गाउँमा एउटा दाई हुनुहुन्थ्यो कृष्ण दाहाल । उहाँ काठमाण्डौबाट पढेर गाउँ फर्कनुभयो । उहाँले नै कम्युनिष्टका कुरा सिकाउनुभयो । तर उहाँसँग संगठनको सीप थिएन । उहाँको कुरालाई मैले समाएँ । म सामान्य किसान थिएँ । माथीबाटै नीति बनेर आईरहेको रहेछ । मलाई थाहा थिएन । उहाँहरुले भन्ने कुरा पनि भएन । सम्पर्क हुँदै जाँदा पशुपति चौंलागाँई पनि त्यसमा समेटिनुभयो । उहाँ नाम्दुमा पढ्दै हुनुहुन्थ्यो । पछि अरु अरु पनि समेटिए । हाम्रो सबैभन्दा मूख्य कुरा के थियो भने शोषकहरुको विरोध गर्नुपर्छ । अन्याय अत्याचारको विरोध गर्नुपर्छ । हामी यसमा संलग्न भएपछि हामीसँग अन्य नेताहरुको पनि सम्पर्क हुन लाग्यो । अमृत बोहोरा, ठोकप्रसादजिहरु आउन लाग्नुभयो । संगठनको काम हुन लाग्यो । हामी संग्ीठत हुँदै गयौं । त्यसबेला कम्युनिष्ट राजनीति गर्नु भनेको अपराध जस्तै थियो । हामी अपराधी नै हुन्थ्यौं । न सरकारका लागि राम्रो हुन्थ्यो, न छिमेकीका लागि । तर पनि हामीले के बुझ्यौं भने अन्याय अत्याचारको विरोध गर्नुपर्छ । यस(कम्युनिष्ट)ले नै हो विरोध गर्ने । अरु कोहि छैन भनेर हामी साथीहरुले बुझ्यौं । हामी संगठित हुँदै गयौं । हामीलाई गाह्रो थियो । पञ्चायतको जगजगी थियो । पञ्चायतको तलसम्मै संगठन थियो । बाहिरी रुपमा यस्ता संगठनमा बसेर भित्री रुपमा कम्युनिष्ट गतिवीधि गर्नुपथ्र्यो । त्यो बेला थाहा त पाउँथे तर प्रमाण पुग्दैनथ्यो । प्रमाणसहित थाहा पाएको भए त हाम्रो ज्यान नै रहने थिएन ।

के कुराले जोखिम मोल्न प्रोत्साहित ग¥यो ?
हामी सामान्य परिवारका मान्छे । जमिन अलिअलि थियो । बुबा पनि किसान । मलाई तल्लो तहका मानिसको समस्या थाहा थियो । मेरो बुबा कति ठाउँमा ठगिनु भएको छ । कति ठाउँमा मान्छेले हेपेका छन् । म त्यो बुझ्थें । त्यसको कसरी विरोध गर्ने भन्ने मलाई लाग्थ्यो । बुबा चाँडै वित्ुनभयो २५ सालमा । घर व्यवहार आफैंले सम्हाल्न प¥यो । धेरै व्यवहारिक हुनप¥यो । धेरै कुरा बुझियो । यसपछि पनि अन्याय अत्याचारको विरोध गर्नुपर्छ भन्ने रहिरह्यो । पछि सम्पर्क हुँदै गयो । म मरेर गए पनि अन्याय अत्याचारका विरुद्ध मानिसलाई संगठित बनाउनुपर्छ भन्ने छाप प¥यो ।
मेरो दिमागमा दुईवटा छाप परेको छ । पहिलो कृषिमा सुधार गरेर किसानको उन्नती प्रगति हुनुपर्छ र आधुनिक खेती प्रणालीमा जानुपर्छ । कृषि क्रान्ति नै हो किसालाई अगाडि बढाउने उपाय । दोश्रो शोषित पिडितलाई संगठित बनाएर अन्याय अत्याचारका विरुद्ध आवाज उठाउनुपर्छ ।
अहिले पनि मेरो पहिचान भनेको किसानकै हो । गाउँका अगुवाहरुले मलाई ओ किसान भनेरै बोलाउनुहुन्छ । मैले दुईवटै काम गर्दै गएँ । यसरी गर्दा गाउँमा मात्रै गरेर भएन जिल्लामा पनि संगठन गर्नुपर्छ भनेर कुरा भयो । जिल्ला कमिटि हुँदै म पार्टीको किसान संगठनको प्रथम जिल्ला अध्यक्ष पनि हुन पुगें ।

पार्टीको सदस्यता लिन पनि कठिन थियो हैन ?
एकदमै गाह्रो थियो । धेरै परिक्षण पार गर्नु पर्ने रहेछ । आलोचना स्वआलोचना त्यसका धेरै पद्धति रहेछन । अहिलेको जस्तो खुला रहेनछ । माथिल्लो कमिटिले हेर्ने रहेछ । उ कति दर्विलो छ ? कति विश्वासिलो छ ? काम कति निरन्तरता गरेको छ ? माथिल्लो कमिटिको निगरानीमा बस्नुपर्ने रहेछ । त्यो बहुतै कठिनाई थियो । फर्म भरेको ६ महिना वर्षदिनमा मात्रै त्यो आउने रहेछ । त्यो प्राप्त गर्न मेरो थुप्रै लगनशिलता रह्यो । बल्ल बल्ल प्राप्त भयो ।

कति सालमा कोबाट लिनुभयो ?
मलाई ३७ सालमा लिएको जस्तो लाग्छ । अहिले पार्टी कार्यालयमा त्यो रेकर्ड खोज्दा भेटेको छैन । त्यसबेलामा एउटाले सदस्यता पाउँदा अर्कोलाई थाहा हुन्नथ्यो । मैले पाउँदा अरुलाई थाहा नहुने अरुले पाउँदा मलाई थाहा नहुने । मैले सदस्यता अमृत बोहोराबाट लिएको हुँ ।
४० वर्ष भएछ तपाँई कम्युनिष्ट भएको । यो बीचमा धेरैपटक कम्युनिष्टले सत्ता चलाए । गाविस, पालिकाहरु पनि चलाए । तपाँईले त्यसबेला देखेको सपना कति पुरा गर्न सके त कम्युनिष्टहरुले ?
हामीले देखेको सपनाअनुसार कम्युनिष्ट आन्दोलन त गएन नि । समयसापेक्ष जे परिवर्तन हुनुपथ्र्यो त्यहि त भएको छ । पार्टीमाथी प्रतिबन्ध हटेपछि हामी पोखरामा भेला भयौं । सबै मानिसको नाम र परिचय त खुल्यो । मलाई केहि मानिसको नाम नखुलेकै भए हुन्थ्यो होला कि भन्ने लागेको थियो । पछि माओवादीहरुले त्यसैगरि काम गरे । मालेको आधारमा रहेर माओवादीले आन्दोलन गरे । संगठन सबै नखुलाएकै भए हुने भन्ने पनि लागेको थियो । अहिले त कम्युनिष्ट पार्टीहरु एकै भए ।

आजकाल कम्युनिष्टहरु कम्युनिष्ट रहेनन् भन्छन के लाग्छ ?
मलाई पनि कहिलेकाँहि त्यस्तै लाग्छ । तर विदेशतिर पनि परिवर्तन भएका छन् । चिनमा पनि माओले भनेको बेलाकोजस्तो त छैन । त्यहाँपनि परिवर्तन छ । जसरी अन्य देशमा पनि परिवर्तन भो । नेपालमा चाँहि त्यसरी भएन । नेपालको अवस्थितिका कारण पनि त्यसो भएको होला । कम्युनिष्टले सिद्धान्त छाडे त भन्दा त्यस्तै अव भोटको कुरा भयो । सबै मानिसको एउटै भोट हुन लाग्यो । भोट एउटै भएपछि यो उ भन्न मिलेन । कम्युनिष्टको सिद्धान्त खेर गएको त हैन । जनताको निम्ती आन्दोलन भन्ने र तानातान गरेर माथि जान खोजे त यो कम्युष्टि नै नरहन सक्छ । सिद्धान्तमा रहनुपर्छ भन्नेहरु पनि छन् । ति एकदमै कम संख्यामा छन् । कम्युनिष्टमा सिद्धान्तको बहस कम हुन लागेको छ । राष्ट्र र राष्ट्रियतामा कम्युनिष्ट एक हुनु प¥यो नि ।

३६ सालको जनमतसंग्रहमा दोलखामा त पञ्चायतले जितेको रैछ हैन ?
यसबीचमा धेरै धेरै उतराचढाव आए । हामीले कति चुनावहरु त बहिष्कार नै ग¥यौं । चुनावमा बहुमतले नै जितेको थियो । सूर्यबहादुर थापाले षडयन्त्र गरेर पञ्चायत जितेको बनाए । हामीले हाम्रो अभियान पनि प्रभावकारी बनाउन सकेनौं । कम्युनिष्टले बुढाबुढि मार्छन भन्ने लगायतका हौवाहरु पिटाइए ।

दोलखामा कम्युनिष्टहरु जितिरहेका छन् । काम त भएको देखिन्न त ?
काम नै नभएको त हैन । जति हुनुपर्ने भएको छैन । हामीले पुराना नसा अझै चुँडाउन सकेका छैनौं । यस्तो अवस्थामा कम्युनिष्ट पार्टीहरु सिद्धान्तमा भन्दा अरु कुरामा अलमलियौं । प्रतिष्पर्धा त भयो सकरात्मक प्रतिष्पर्धा कम भएको देख्छु । म कसरी ठाउँमा पुग्ने भन्ने मात्रै कुरा भयो । यसले गर्दा पनि अहिले पनि अप्ठ्यारो आईरहेको जस्तो लाग्छ ।

 अव कसरी जानुपर्छ त कम्युनिष्ट आन्दोलन ?
हाम्रो कम्युनिष्ट आन्दोलनलाई के ले प्रभाव पार्दो रहेछ भने अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनले, अन्य राष्ट्रमा भएका परिवर्तनले पनि फरक परिवर्तन पार्दो रहेछ । अहिले कम्युनिष्ट आन्दोलन टिकेकै हिजोकै संगठनमा हो । पछि त हामीले संगठन नै बनाउन सकेका छैनौं नि । त्यसो भएको हुँदा मानिसलाई कम्युनिष्ट भन्दा अन्य दलहरु मन पर्ने अवस्था आयो । ठूला दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी त मिले नि तर संगठन त छैन । यसैगरि अगाडि गए कम्युनिष्ट पार्टी नै नरहन पो सक्छ ।

Shares

Be the first to comment on "दोलखामा कम्युनिष्ट पार्टी स्थापना सदस्य भन्छन ःकम्युनिष्ट राजनीति गर्नु अपराध जस्तै थियो"

Leave a comment

Your email address will not be published.


*