हामीले कोरोनाका कारण दोलखाका विभिन्न क्षेत्रमा परेका असरहरुका बारेमा नियमित रुपमा सामाग्रीहरु प्रकाशन गरिरहेका छौं । यसैक्रममा आजको अंकमा साना व्यवसायीहरुमा यसले पारेको असरहरुका बारेमा चरिकोटका विद्युतिय सामाग्रीहरुको व्यवसाय गर्ने ऋषि प्रसाद न्यौपानेसँग सहकर्मी अर्जुन अपवादले गरेको कुराकानीको सम्पादित अंश
कोरोना सुरुमा सुन्दा कस्तो लाग्यो ?
यो कोरोना चिनबाट संक्रमण भएको हामीले समाचार सुन्यौं । पछि खरिपाटी क्वारेन्टाईनमा १५० जना ल्याएर राखेर फर्कदा खुसी लागेको थियो । पछि चिन अमेरिकामा धेरै मानिसहरु मर्न लागेपछि हाामी पनि सतर्क रहनुपर्छ भन्ने भयो । कोरोना रोक्नका लागि सरकारले गरेको लकडाउन मेरो विचारमा १ महिना अगाडि भयो । चैत्र ११ बाट सुरु भएको लकडाउन बैशाख ११ बाट हुनुपथ्र्यो जस्तो लाग्छ । यसले व्यापारी व्यवसायीलाई प्रत्यक्ष असर पर्ने थिएन । अहिले नेपालमा पनि नयाँ संक्रमितभन्दा निको भएर घर फर्कनेको संख्या बढेको छ । यसलाई हेर्दा नेपालमा महामारीका रुपमा फैलदैन जस्तो लागेको छ । कोरोनाले व्यापारी व्यवसायी सबै क्षेत्रलाई धरासायी बनाएको छ । यसलाई परिपुर्ती हुने अवस्था म देख्दिन । ६ लाख हाराहारी मानिसको मृत्यु हुँदा नेपालमा ४० हाराहारीको मात्रै मृत्यु भएको छ । सरकारले दिएको जानकारी त पत्याउनै परो । तर शंका लाग्छ । मर्नेहरु सबै कोरोनाका कारणले मात्रै भन्दा पनि अन्य कारणले पनि मरेका हुन सक्छन् ।
कोरोनाको लकडाउन सुरु भएपछि तपाँईले सर्तकता कसरी अपनाउनु भयो ?
संक्रमण भएर आउने बाट जोगिनलाई म घर गएर बसें । चरिकोटमा व्यवसाय भएपनि घरमै बन्दिजस्तै भएर बसियो । क्वारेन्टाईन अर्को बनाइएन । हाम्रा लागि त घर नै क्वारेन्टाईन भयो । प्रशासनले सरकारले छैन भन्ने कुरा हैन । सरकारले यसमा राम्रोसँग निगरानी गर्नुपर्छ ।
पहिला पहिला पनि यस्तै महामारीहरु हुन्थे भन्छन । त्यसमा र यसमा के फरक पाउनुभयो ?
दोलखामा यहाँ विगतमा महामारी भएको भनेको हैजा आएको हो । २०२८ सालमा त्यसले भोकमरीकै अवस्था ल्यायो । नेता ढालबहादुरको पहलबाट मैले पनि बाह्रविसे (सिन्धुपाल्चोक) पुगेर चामल ल्याएको थिएँ । हैजा कसरी सुरुवात भयो । फुड प्वाइजनबाट पो भो कि पहिला पहिचान हुन सकेन । धेरै मानिस मरे भन्ने त सुनियो । त्यसबेला रोग त लागेन । भोखमरी त भोगियो ।
विपदका बेला काम गर्ने भनेर नेताको नाम लिनुभो । यो विपदमा हाम्रा नेताहरुको भूमिका कस्तो पाउनुभएको छ ?
जनप्रतिनिधीहरुले जनतालाई राहत दिलाउने हो भने त जनताको नजरमा धेरै माथी हुन्थे नि । त्यो समयमा एकजना ढालबहादुर लाग्दा पनि काम भएको थियो । अहिले त जनताप्रति उत्तरदायित्व देखिएन । नगरपालिकाले स्यानीटाइजर, साबुन त बाँड्यो । तर त्यसले पुग्दैन । कोरोनाबाट मार परेका कुरामा आर्थिक रुपमा विपन्न मानिसहरुलाई जसरी हेर्नुपथ्र्यो त्यो मैले पाएको छैन ।
के गर्नुपथ्र्यो त जनप्रतिनीधिहरुले ?
नेताले भाषणमा मात्रै कुरा गरेर भएन व्यवहारमा ल्याएका छन् । नागरिकले बैंक तथा वित्तिय संस्थाहरुसँग ऋण लिएर धेरै काम गरेका छन । यस्ता संस्थासँग समन्वय गरेर व्याज मिनाहा गर्ने लगायतका काम गर्ने भन्ने भाषणमा मात्रै भयो । व्यवहारिकमा भएन । मेरो सानो व्यवसायमा पनि यो तीन महिनामा धेरै कमजोरी भएको महशुस गरेको छु । मेरो त लगभग व्यवहार चल्छ । अझ कमजोर आर्थिक अवस्था हुने नागरिकलाई त झन कस्तो होला । यसमा जनप्रतिनिधिहरुले चासो दिएको जस्तो लागेन मलाई ।
तपाई सानो व्यवसाय (विद्युतिय सामाग्री पसल) चलाउनुहुन्छ । यस्ता व्यवसायीका लागि चाँहि के गर्ने त ?
भन्न पनि सकिएन के । विश्व नै संकटमा परेका बेला यहाँ भएन पनि कसरी भन्नु र । यसमा अव नागरिकहरुलाई सुलभ र सहज रुपमा यातायात गर्न पाउने कुरा त सोच्नै पर्छ । आफ्ना सानो कामका लागि पनि सदरमुकाम आउनका लागि अहिले सवारी साधन नै छैनन । पाइने सवारी साधन एकदमै महंगो छ । बोलेरोमा १ हजार रुपैंया तिर्नुपर्ने अवस्था छ । यस्ता विषयमा पनि त सरकारले पहल गरेन । नागरिकहरु चपेटामा परेका छन् ।
लकडाउनका कारण तपाँईको व्यवसाय कति समय बन्द रह्यो ? अहिले सुरक्षाका कस्ता उपाएहरु अपनाउनु भएको छ ?
हामी के मा ढुक्क भयौं भनेदेखिन हामी पूर्ण रुपमा हिन्दु धर्मावलीहरु हाम्रो आस्था देव देवी मठ मन्दिर इत्यादि । मन्दिरै मन्दिर भएको देश नेपाल । भगवानको कृपा भएको ठाउँ । यसै भएर संक्रमणले उग्र रुप लिन नसकेको मैले महशुस गरेको छु । लकडाउन खुल्दा पनि यो संक्रमण विस्तारै कम हुँदै जान्छ । नेपालमा कोरोनाको संक्रमण आगामी दिनमा नरहन पनि सक्छ ।
विभिन्न देशमा देखिएको जस्तो महामारीकै रुप लिँदैन भन्ने लाग्छ तपाँइलाई ?
म एक आस्थावान व्यक्ति हुँ । हामी आस्था राख्ने व्यक्ति । भगवानका कृपाले हामीलाई कोरोनाले पिडित बनाउन सक्दैन । अहिलेसम्म मरेका मानिसपनि कति कोरोना रोगका कारण र कति अन्य रोग पनि जोडिएर मरे त्यो कुरा सरकारले भनिदिए देखि धेरै जनतामा उत्साह आउँथ्यो होला ।
तपाँईको व्यवसायमा महिनामा कति कारोबार हुन्थ्यो ?
जेठको २५ गतेबाट हामीले पसल खोल्यौं । लकडाउन सुरुदेखि यस बेलासम्म करिब करिब २ लाख ५० हजार जति नोक्सान भयो । मैले आफुले सामान ल्याउन पनि पाईन । मेरो सामान किन्ने नागरिक पनि गाउँबाट आउन सकेनन् । अलिअलि भएको सामान त यता दिँदा नै ¥याक खाली भए । यहाँ कमाएको पैसा पनि अरुतिर खर्च भो । के हुँदो रछ भने लकडाउन भएर घरमा बस्दा त मनमा के आउँदो रैछ भने एक दिन त मर्ने नै हो । अनि खर्च पनि धेरै पो हुने । कोरोनाले हामीलाई सिध्याउने नै भयो भने किन खुकुलो मन गरेर खर्च नगर्ने भन्ने भकोले धेरै कुराहरु खाली भए । खल्ती पनि खाली भो सामान पनि खाली भो । बुझ्ने बुझाउने काम पनि जस्ताको तस्तै अवस्थामा रह्यो । अव त्यो अवस्थामा जान सकिन्न । अहिले पनि लकडाउन खुलेजस्तै भएपनि सार्वजनिक सवारी त चलेका छैनन् । व्यवसायमा त आउने बस्ने खुला गर्ने काम मात्रै भएको छ ।
Be the first to comment on "कोरोनाले धेरै कुराहरु खाली भए"