ईश्वर बिश्वकर्मा/चरिकोट, साउन ५–दोलखा सदरमुकाम चरिकोटमा अवस्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ सेवा केन्द्रले कृषकलाई १ करोड भन्दा बढीको अनुदान दिएको छ ।
गत आर्थिक वर्ष २०७६÷०७७ मा केन्द्रले दोलखा र सिन्धुपाल्चोक जिल्लाको १ सय १२ जना कृषक तथा कृषि फर्मलाई १ करोड ६३ लाख ५६ हजार ६ सय ७४ रुपैँया बराबरको अनुदान दिएको हो । व्यवसायिक बाख्रा प्रर्बद्धन कार्यक्रम, व्यवसायिक भेडा पालन प्रर्बद्धन कार्यक्रम, पशुपालक कृषकहरुलाई साइलेस, मासु पसल सुधार कार्यक्रम, पशुपन्छी गाठ सुधार तथा माछा पोखरी सुधारका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ । पशुपन्छी नमुना फार्म विकास, पाडापाडी पालन, बहुवर्षिय घाँस, हाते ट्याक्टर, दुग्ध ढुवानीका लागि स्टिम लगायत ११ शिर्षकमा अनुदान वितरण गरिएको छ । पशुपालक कृषकहरुलाई व्यवसायिक बन्न र पशुपालन तर्फ प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानको रकम तथा प्रविधी दाेलखाका ५७ र सिन्धुपाल्चाकका ५५ गरि १ सय १२ कृषक तथा फर्मलाई वितरण गरिएको बिज्ञ केन्द्रका डाक्टर निशान्त शर्माले बताए । कृषकहरुको जीवनस्तरमा सुधार गर्दै युवा पुस्ताहरुलाई पशु पालन व्यवसायमा आकर्षित गर्दै रोजगारीको अवसर सृजना गर्ने अभिप्रायले अनुदान दिइएको उनले बताए ।
Be the first to comment on "दोलखा र सिन्धुपाल्चाेकका किसानलाई १ करोड भन्दा बढीकाे अनुदान"