संसार अहिले कोरोना कहरमा रहेको छ । संसारलाई यसको संक्रमणले तसनहस नै बनाएको छ । कोरोनाको कारण बिश्वमा करिब ६ लाख भन्दा बढीले ज्यान गुमाएका छन् । नेपालमा ४० जनाको कोरोनाको कारण ज्यान गएको छ ।भने १७ हजार भन्दा बढीलाई संक्रमण भएको छ । यसै सन्दर्भमा हामीले कोरोनाले बिभिन्न क्षेत्रमा पारेको असरबारे दोलखामा बिभिन्न क्षेत्रमा परेको असर बारे बहस ल्याएका छौ । हाम्रा सहकर्मी अर्जुन अपबादले कोरोना बहसमा स्वास्थ्य क्षेत्रमा परेको असरबारे चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. हिमशैल खड्कासँग गरेको कुराकानी
तपाँइको परिचय दिनुस न ?
मेरो पुरानो घर चाँहि दोलखा नै हो । विगु ५, चिलंखा । १५÷२० वर्षदेखि काठमाण्डौ नै बसिराछौं । म छात्रवृत्ति कोटामा पढेको कारणले २ वर्ष अनिवार्य सेवा गर्नुपर्ने भएकाले दोलखा जिल्लामा नै सेवा गर्न आको । जन्म जिल्ला पनि भएको कारण । पहिलो वर्ष सकिन लाग्यो । यहि भदौमा पहिलो वर्ष पुरा हुन्छ ।
कोरोनालाई स्वास्थ्य क्षेत्रमा सुरुमा कसरी बुझिएको थियो । अहिले बुझाइ फरक छ कि उस्तै छ ?
कोरोना नयाँ रोगचाँही हैन । यो स्वासप्रश्वासबाट सर्ने रोग हो । हामी मेडिकल फिल्डमा काम गरेकोले चाँहि पहिलेदेखि देख्दै आएको । यस्तो लार्ज स्केलमा हुन्छ भन्नेचाँहि सोचेको थिएन । सामान्य रुघाखोकीजस्तै पनि मानेको थिएन । फैलन त फैलेला तर यसरी विश्वव्यापी रुप लेला । यती धेरै मानिसहरु मर्लान भन्ने पनि थिएन । रोगको लक्षणहरु पनि सुरुमा ३÷४ ओटा मात्रै भएको देखियो । विश्व स्वास्थ्य संगठनले पनि त्यहि भनेको थियो । हामीले विश्व स्वास्थ्य संगठनले भनेको कुरालाई आधिकारीक मान्ने हो ।
अहिले ३÷४ ओटा लक्षणहरु थप भईरहेका छन् । यो चाँहि निरन्तर भैरहनेजस्तो भैरहेको छ । सुरुमा यो रोगले फोक्सोमा मात्रै समस्या गर्छ भन्ने कुरा आएको थियो । पछि यो कुरा मुटुमा पनि भएको पाइयो । मुटुसम्बन्धी समस्या पनि यसले ल्याएको रैछ । पछि यसको असर मृगौलामा देखिन थाल्यो । पछि यसबाट रगतमै समस्या आउन लाग्यो । डिआईसि भन्छ रगत जाम हुने कुरा आयो । यससपछि रगत जहाँ जहाँ जान्छ, त्यहाँ त्यहाँ रोगले समस्या गर्छ भन्ने कुरा आयो । यसमा रिसर्चहरु भैराको छ । केशहरु बढिराको छ । यसको लक्षणहरुका बारेमा पनि धेरै बढिराको छ । यसै हुनाले यसको उपचार गर्ने तरिकाहरु पनि बढिरहेको अवस्था छ । सुरुमा बु्रफिन नखानु भन्यो विश्व स्वास्थ्य संगठनले । अहिले विभिन्न अनुसन्धानहरुले ब्रुफिनले पनि फाईदा गर्ने देखिएको छ । मलेरियाको रोगमा प्रयोग हुने औषधीले कतै राम्रो देखिएको छ । कतै देखिएको छैन । भ्याक्सिनहरु पनि बनाउने प्रयास भैरहेका छन् ।
तपाँईलाई व्यक्तिगत रुपमा चाँहि कोरोनाको कुरा कस्तो लागेको थियो ?
मेडिकल फिल्डमा आएपछि जस्तोसुकै रोग होस, जस्तोसुकै अवस्था होस, जस्तोसुकै विरामी दुस्मनलाई पनि उपचार गर्छु भनेर कसम खाएरै आएको हो । आफ्नो ज्यानको चाँही माया नलाग्ने रैछ क्या । जस्तो भएपनि फेस गरिन्छ भनेर नै लागियो सुरुमा । अहिलेसम्म पनि त्यो सेटमै छौं ।
कोरोनाको घटना नेपालमै देखिएपछि तपाँईलाई कुनै फरक प¥यो कि ?
सुरुमा चाईनामा देखियो । हामीसँग प्रशस्त समय थियो के गर्ने कसो गर्ने भनेर । हामीले माथिल्लो तहदेखी व्यक्तिगत तहसम्ममा पर्याप्त ध्यान दिन सकेनौं । त्यो चिनपछि युरोप गयो । अमेरिका गयो । हामीले अवसर गुमायौं कि भन्ने लाग्छ । हामीसँग प्रशस्तै समय थियो नि त । मजाक नै गरेको त हैन तर रोग यहाँसम्म आउनसक्छ भनेर जसरी गम्भिरताका साथ लिनुपथ्र्यो त्यो चाँहि भएन । सरकारले गरेको लकडाउनलाई सकरात्मक रुपमै लिन्छु म ।
रोगबाट बच्न सामान्य मानिसले के कुरामा ख्याल गर्नुपर्ला ?
यो स्वाशप्रश्वासबाट फैलने रोग भएकाले एकअर्काको स्वासप्रश्वास सम्पर्कमा नआउने गरि काम गर्नुप¥यो । मास्क लगाउनुप¥यो । साबुनपानीले हात धुनुप¥यो ।
परिवार तथा साथीहरुले गर्ने व्यवहारमा कुनै फरक प¥यो कि ?
म यहाँको क्वार्टरमा बस्ने भएको हुँदा अरु बाहिर बस्ने साथीहरुले व्यवहार त भोग्नुपरेन । जो कोठामा बस्नुहन्थ्यो । उहाँहरुले त धेरै समस्या भोग्नुप¥यो । मानिसहरुले उहाँहरुलाई त छुनै नहुने, पहिला पहिला छुवाछुत थियो नि त्यस्तै व्यवहार पनि गरे । क्वाटरमा बसेका कारण मैले त्यो व्यवहार भोग्नु परेन । परिवार पनि डराउनुभएको त छ । तर मलाई डर लागेको छैन ।
बिरामीलाई नै डाक्टरबाटै कोरोना सर्छ कि भन्ने जस्तो अवस्था पनि भोग्नुप¥यो कि?
यो त चेतनाको कमिले नै भएको होला । यसमा हामीले उहाँहरुलाई राम्रोसँग सम्झाउन नसकेको पनि होला । यस्तो त भएकै छ । मैले अघि पनि भनें म क्वाटरमा बसेको भएकाले मैले त्यस्तो भोग्नु परेको छैन । जो बाहिर बस्नुभएको छ । उहाँहरुलाई त किन आईस भनेर नराम्रो व्यवहार पनि भयो । उहाँहरुले पनि नराम्रो फिल गर्नुभएको छ ।
कोरोना परिक्षणका लागि आउने व्यक्तिहरुमा कोरोनाप्रति कस्तो भावना पाउनुभयो ?
हामीकहाँ कोरोनाको परिक्षण नै २÷३ महिनापछि भयो । टिभीमा पनि त्यही कुरा, रेडियोमा त्यही कुरा, फोन गर्दा रिङ टोन पनि त्यहि भएका कारण उहाँहरु त्यसमा सचेत भैसक्नुभएको थियो । त्यसैकारण त्यस्तो अनुभव भएन ।
सुरुमा त चेक ने नगर्ने भन्ने पनि भयो । पोजेटिभ नै देखिन्छ कि भन्ने पनि थियो । तर पछि यो एकमा मात्र सिमित नहुने भन्ने पनि भयो । एकजनालाई रोग लागेको रहेछ भने सवै परिबारलाई पनि लाग्न सक्ने भयो । त्यसले पनि आफ्ना बारेमा प्रष्ट कुरा थाहा होस भन्ने चाह्यो ।
अहिले विभिन्न सरकारले गरेका काम कस्ता छन् ?
यसमा सधैंभरी लकडाउन गरेर सम्भव पनि हुँदैन । सबैजना सचेत हुनुप¥यो ।
Be the first to comment on "छुवाछुत जस्तै व्यवहार गरे !"