दाेलखामा निजी आवास पुनर्निर्माणमा १८ अर्ब भन्दा बढी खर्च

इश्वर विश्वकर्मा
चरिकोट, असार ३०
दोलखामा वि.सं.२०७२ को भुकम्प गएको पाँच बर्ष पुरा हुँदा निजी आवास पुन ः निर्माणको लागि १८ अर्ब भन्दा बढी रकम खर्च भएको छ ।
आर्थिक वर्ष २०७३ र ०७४ देखि २०७६ र ०७७ असार २५ सम्मको अवधिमा निजी आवास पुन ः निर्माणमा १८ अर्ब ४९ करोड ३७ लाख ५० हजार रुपैयाँ खर्च भएको हो ।
आर्थिक वर्ष २०७३र०७४ मा ३ अर्ब ४५ करोड ४३ लाख, २०७४ र ०७५ मा ९ अर्ब ६० करोड ५१ लाख ५० हजार रुपैयाँ निजी आवास अनुदान बापत खर्च भएको जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाले जनाएको छ । आर्थिक वर्ष २०७५ र ०७६ मा ३ अर्ब ९९ करोड २७ लाख र २०७६ र ०७७ को असार २५ सम्म १ अर्ब ४४ करोड १६ लाख रुपैयाँ रकम खर्च भएको इकाईका कम्प्युटर अपरेटर टिका जोशीले बताए ।
चार अार्थिक वर्षमा निजी आवास पुनः निर्माणको लागि अनुदान स्वरुप १८ अर्ब ४९ करोड ३७ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले बताए ।
भूकम्पको कारण घर भत्किएका लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख गरी तीन लाख रुपैयाँ अनुदान सरकारले दिने गरेको छ । घर चर्किएर रेट्रोफिटिङ गर्नुपर्ने लाभग्राहीले पहिलो किस्तामा ५० हजार र दोस्रोमा ५० हजार गरी एक लाख रुपैयाँ अनुदान पाउने व्यवस्था रहेको छ ।
                                                                               ५९ हजार घर बने
जिल्लामा भुकम्प पश्चात ५९ हजार ४ सय ४४ वटा निजी आवास पुन ः निर्माण भएका छन् । अर्थात् ८८.७ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।
९८.६९ प्रतिशत अर्थात् ६४ हजार ८ सय ३५ जनाले पहिलो किस्ता र ९०. ७५ प्रतिशत अर्थात ६३ हजार १ सय ७२ जनाले दोस्रो किस्ता बापतको रकम लगेका इकाईले जनाएको छ । ७३ हजार ३ सय ४२ लाभग्राहीमध्ये ६९ हजार ६ सय ९ जनाले अनुदान सम्झौता गरेका छन् ।

Shares

Be the first to comment on "दाेलखामा निजी आवास पुनर्निर्माणमा १८ अर्ब भन्दा बढी खर्च"

Leave a comment

Your email address will not be published.


*