दोलखाको ओराङमा खाेलाले बगाउँदा दम्पती बेपत्ता

असार ३०, दाेलखा । उत्तरी दोलखाको बिगु गाउँपालिका-२, अाेराङमा खोलाले बगाउँदा दम्पती नै बेपत्ता भएका छन् । अाेराङ टाईबा निवासी करिब ६५ बर्षिय रामजी बिक र उनकी श्रीमती करिब ६० बर्षिय बुद्विमाया बिकलाई टाईबाखाेलाले बगाउँदा साेमबारदेखि बेपत्ता भएकाे अाफन्त उद्वव बिकले जानकारी लिए । साेमबार बिहान करिब ११ बजे घरभन्दा खाेला पारी रहेकाे खेतका लागि हिँडेका दम्पती दुई दिनदेखि बेपत्ता भएकाे ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएकाे छ । ईप्रका सिंगटीका निरीक्षक सुनजित तामाङले बेपत्ता भएकाे पुष्टि भए पनि खाेलाले नै बगाएकाे दसी प्रमाण नभेटिएकाे बताए । घटनास्थल पुगेकाे असई कैलाशकुमार श्रेष्ठकाे टाेलीले टाईबाखाेलादेखि ताताेपानी दाेभानसम्म खाेजी गर्दा नभेटिएकाे जनाएकाे छ ।

४ छाेरीकाे परिवार रहेकाे र सबैजना विवाह गरिसकेकाे कारण उनीहरूलाई बाेलाएर थप अनुसन्धान अघि बढाईएकाे प्रहरी निरीक्षक तामाङले बताए ।

Shares

Be the first to comment on "दोलखाको ओराङमा खाेलाले बगाउँदा दम्पती बेपत्ता"

Leave a comment

Your email address will not be published.


*