दाेलखाका १० सहकारी एकिकरण

अनिल दहाल
चरिकोट, असार २४
सहकारीको उर्वर भुमि रहेको दोलखामा दश वटा सहकारी एकीकरण भएका छन् ।
१० वटा सहकारी एकीकरण गरि एकै चोटी प्रमाण पत्र लिने जिल्लाको पहिलो सहकारी मिलिजुलि कालिञ्चोक बचत तथा ऋण सहकारी बनेको छ ।
जसले सहकारीको एकिकरणको अभियानलाई दोलखामा नेतृत्व गर्दै आएको छ । दोलखाको भीमेश्वर नगरपालिका ६ मा मुख्य कार्यालय रहेको सहकारीको जिल्लाको विभिन्न ठाउँमा सेवा केन्द्र स्थापना गरेर सेवा दिएको छ ।


सहकारीले विभिन्न सातवटा बचत तथा ऋण सहाकारी संस्था लि र तीनवटा कृषि सहकारी संस्थाले एकीकरण गरेको हो । हाल बागमति प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट एकीकरण स्वीकृती पाएका हुन् ।
साकोसले, श्री धर्तिमाता बचत तथा ऋण सहकारी संस्था, श्री प्रगतिशिल परोपकार बचत तथा ऋण सहकारी संस्था, एकता बचत तथा ऋण सहाकरी संस्था, श्री ध्रुवतारा कृषि सहकारी, श्री च्यासे भगवती बचत तथा ऋण सहकारी संस्था, लामपोखरी कृषि सहाकारी संस्था, श्री जल्पाश्वरी महिला कृषि सहकारी संस्था, श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र श्री गगनचुम्बी बचत तथा ऋण सहकारी संस्था बिच एकीकरण भई मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. भीमेश्वर नगरपालिका वडा नं. ६ चरिकोट दोलखा कायम रहेको एकीकृत संस्थाका प्रमुख कर्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए ।

 

प्रदेश सरकार–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ले मिति २०७७ असार ५ गतेको २३१५ च.नं.को पत्र अनुसार संस्था एकीकरणको निर्णय सहित एकीकरण भएका संस्थाहरुको स्थायी लेखा नम्बर, दर्ता प्रमाणपत्र, प्यान नम्बर खारेजी साथै सहकारी संस्थाहरुको लागत कट्टीका लागि सम्बन्धित विभाग, आन्तरिक राजश्व कार्यालय र स्थानीय निकायहरुमा पत्राचार समेत गरेको छ ।

दशवटा संस्था एकीकरण पश्चात हाल मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थामा महिला शेयर सदस्य ११ हजार ४ सय ९० जना, पुरुष शेयर सदस्य १० हजार १ सय ५२ जना र बालबचतकर्ता ८ हजार ३ सय ६८ गरी कुल ३० हजार १० जना बचतकर्ताहरु रहेका छन् । एकीकरण पश्चात संस्थाको कुल पुँजी (वासलात) रु. १ अर्ब १८ करोड १० लाख ९० हजार ५ सय र शेयर पूँजी ९ करोड ४० लाख १८ हजार ९ सय रुपैँया रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

एकीकरणपश्चात ७ वटा सेवा केन्द्रमार्फत सदस्यहरुमाझ वित्तीय सेवा प्रदान गरिएको संस्थाले जनाएको छ । मिलुजली साकोस एक्सेस ब्राण्डिङ्ग कार्यक्रम अन्तरगत सिल्भर ब्राण्ड प्राप्त संस्था हो ।

Shares

Be the first to comment on "दाेलखाका १० सहकारी एकिकरण"

Leave a comment

Your email address will not be published.


*