ईश्वर बिश्वकर्मा चरिकोट, असार १४ –दोलखाको तामाकोसी गाउँपालिकाको प्रत्येक वडाको मुख्य स्थानमा फ्रि वाइफाई जोन विकास गरिने भएको छ । पालिकाले असार १० गतेको गाउँसभामा नीती तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपयुक्त स्थानमा वाइफाई जडान गरि फ्रि वाईफाई जोन विकास गरिने जनाएको हो । यो प्रविधीको युग हो । प्रविधिको युगमा इन्टरनेट अपरिहार्य बन्न थालेको छ । वडा तथा पालिकाको विभिन्न गतिविधि तथा सुचना सर्वसाधरणलाई प्राप्त गर्न सहज होस् भनि वाइफाई जोनको विकास गरिने गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले बताए । जडान गरिएको वाइफाईको दुरुपयोग हुन नदिन विषेश तरिका अपनाइने उनले बताए । इन्टरनेट जडान थालनीको लागि आगामी आर्थिक वर्ष करिब ८ लाख देखि १० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । साथै सार्वजनिक स्थल तथा विभिन्न कार्यालयहरुमा इन्टरनेट जडान गरिने, सबै वडा कार्यालयमा डिजिटल नोटिस् बोर्ड र डिजिटल वडापत्र राखिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम रहेको पालिकाकी उपाध्यक्ष उर्मिला खड्काले बताइन् । कार्यालय र मुख्य सार्वजनिक स्थलमा सिसिटिभी जडान गरि सुरक्षा निगरानी गरिने नीती पालिकाको रहेको उनले बताइन् । गाउँपालिका सुचना प्रविधी तथा सञ्चार क्षेत्रमा ८५ लाख रुपैँया विनियोजन गरिएको पालिकाकी उपाध्यक्ष खड्काले बताइन् ।
तामाकोसी गाउँपालिकाको प्रत्येक वडाको मुख्य स्थानमा फ्रि वाइफाई
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक १४ असार २०७७, आईतवार १८:०२
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "तामाकोसी गाउँपालिकाको प्रत्येक वडाको मुख्य स्थानमा फ्रि वाइफाई"