दोलखाको गौरीशंकर गाउँपालिकाका २ जनामा कोरोना पुष्टी

चरिकोट (दीस) – दोलखाका २ जनामा कोरोना पुष्टी भएको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको प्रेस सम्मेलनमा दोलखाको गौरी शंकर गाउँपालिकाका २ जनामा कोरोना पुष्टी गरेको हो । सो गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ७ जनाको स्वाब संकलन गरि टेकु पठाइएको आज आएको पिसिअार  रिपोर्टमा २ जनामा कोरोना पुष्टी भएको हो ।हलेश्वर माविको क्वारेन्टाइनबाट ७ जनाको स्वाब संकलन गरेर असार ११ गते परीक्षणका लागि पठाईएकोमा ति महिला र पुरुष गरी दुईजनामा कोरोना संक्रमण देखिएको हो । सोही क्वारेन्टाइनमा करिब १० दिनदेखि कुवेतबाट आएकी ४५ बर्षिय र ३५ बर्षिय २ महिला पनि क्वारेन्टाइनमा रहेका छन् ।तेस्रो मुलुकबाट आएकाबाट वा भारतबाट आएकामध्ये कोबाट कसरी स¥यो कन्ट्याक ट्रेसिङ कार्य सुरु गरिएको छ ।

७ जनामा गरिएकाे पिसिअारमा  एक महिला र एक पूरुषमा कोरोना पुष्टी भएको कोरोना रोकथाम नियन्त्रण जिल्ला समिति दोलखाका प्रबक्ता विभु भmाले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखाको गौरीशंकर गाउँपालिकाका २ जनामा कोरोना पुष्टी"

Leave a comment

Your email address will not be published.


*