बैतेश्वर गाउँपालिकाको बजेटः ४९ करोड ३२ लाख

ईश्वर बिश्वकर्मा चरिकोट, असार १० –दोलखाको बैतेश्वर गाउँपालिकाले ४९ करोड ३२ लाख ९४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि पालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले सातौं गाउँ सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेट वक्तव्यमा मार्फत् पुँजीगत तर्फ २० करोड ९२ लाख ८८ हजार १ सय २० र चालु तर्फ ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष आचार्यले जानकारी दिए ।

संघिय वित्तीय समानिकरण तर्फ १२ करोड २१ लाख तथा सर्सत अनुदान १८ करोड १८ लाख पालिकामा प्राप्त भएको छ । त्यस्तै प्रदेश अनुदान ९० लाख तथा सवारी करवापत् १ करोड ४२ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यस्तै राजस्व बाँडफाँड ६ करोड ३५ लाख प्राप्त गरेको थियो । पालिकाले आगामी आर्थिक वर्षमा १ करोड ३४ लाख आन्तरिक आय र सञ्चित कोषमा १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिईएको उनले बताए ।

पालिकाले पुर्वाधार तर्फ ४ करोड ३० लाख, संस्थागत विकासका लागि ७ करोड ६७ लाख ९४ हजार, सामाजिक विकास तथा विकासका लागि ४ करोड ९४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष आचार्यले जानकारी दिए । त्यस्तै वातावरण तथा विपद् व्यवस्थापनको लागि ४८ लाख, आर्थिक विकासका लागि १ करोड २९ लाख र कोरोना कोषका लागि २० लाख विनियोजन गरिएको उनले बताए । पालिकाले ३२ बुदेँ निती तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकाको बजेटः ४९ करोड ३२ लाख"

Leave a comment

Your email address will not be published.


*