विगुमा टिमुर खेती

प्रतिकात्मक तस्बिर

ईश्वर बिश्वकर्मा
चरिकोट, असार ८
दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ का ३ सय कृषकहरु टिमुर खेतीमा लागेका छन् ।
पहिले घरायसी प्रयोजनको लागि केहीमात्रमा टिमुर लगाइएको थियो । अहिले भने व्यवसायिक रुपमा टिमुर खेती गरि वडालाई नै टिमुर पकेट क्षेत्र घोषणा गर्ने योजना कृषकहरुले बनाएका छन् ।
अघिल्लो वर्ष १०० जना कृषकहरुले १५ सय बोट टिमुरको बिरुवा रोपेका थिए । यो बर्ष भने २५ सय बोट रोप्ने तयारी गरेका छन् । गौरापर्वत पशुपालन तथा कृषि सहकारीको सहकार्य र वडा नं ५ को लगानीमा २५ सय बोट टिमुरको बिरुवा २०० जना कृषकहरुलाई वितरण गरिएको वडाध्यक्ष मधुकर गुरुङले बताए । टिमुर उत्पादन हुने क्षेत्र पहिचान गरि कृषकहरुलाई बिरुवा वितरण गरिएको हो । टिमुरको बिरुवाको लागि किसानहरुको माग धेरै रहेको भएपनि २५ सय बोट मात्र वितरण गरिएको छ । टिमुर एकप्रकारको औषधीय गुण भएको फल हो । यसको बजारमा धेरै माग रहेको छ । बजारकोे मागलाई परिपुर्ति गर्न वडाका कृषकहरु टिम्मुर खेती तर्फ उन्मुख भएका गौरा पर्वत पशुपालन तथा कृषि सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष रमेश बिश्वकर्माले बताए ।
टिमुरको बिरुवा रोप्ने कार्य मनसुन शुरु भएपछि अर्थात् साउन–भदौमा गर्नु पर्दछ । बिरुवा रोपिसकेपछि वर्षको दुई–तीनपटक गोडमेल गरी गाईवस्तुको मल बिरुवाको वरिपरि राख्नु पर्दछ । बिरुवा रोपेको तीन वर्षपछि टिमुर फल्न शुरु गर्दछ । मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ । टिमुरको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै मानव शरिर स्वस्थ राख्ने एक बहुउपयोगी फल टिमुर रहेको जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दोलखाका निमित्त प्रमुख विमल कुमार श्रेष्ठले बताए ।

Shares

Be the first to comment on "विगुमा टिमुर खेती"

Leave a comment

Your email address will not be published.


*