ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २५
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ का ५१ जनालाई पोषणयुक्त कोशेली वितरण गरिएको छ ।
वडाका २९ गर्भवती महिला, १० सुत्केरी आमा ९ जना अनाथ बालबालिका र ३ जना स्वयमसेविकाहरुलाई वडाले आइतबार पोषणयुक्त कोशेली वितरण गरिएको हो । प्रतिव्यक्ती २ क्रेट कुखुराको अण्डा र एकमाना घिउ वितरण गरिएको वडा अध्यक्ष नबिन लामाले बताए ।
उनले भने “गर्भवती र सुत्केरी अवस्थामा पर्याप्त मात्रामा पोषणयुक्त खाना खानुपर्छ । त्यसैले लकडाउनका कारण पोषिलो खानेकुराबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यले गर्भवती तथा सुत्केरी आमा साथै अविभावकविहिन बालबालिकाहरुलाई पोषिलो खानेकुरा उपलब्ध गराइएको उनले बताए । गर्भवती आमाहरुलाई पोषणयुक्त खाना वितरणसगैँ नियमित स्वास्थ्य संस्थामा आई स्वास्थ्य परिक्षणको लागि प्रोत्साहन गर्ने उद्देश्यले कोशेली वितरण गरिएको वडाध्यक्ष लामाले बताए । पाेषाणयुक्त खानेकुराका लागि ५० हजार खर्च गरिएकाे उनले दाबी गरेका छन् ।
Be the first to comment on "लकडाउनमा ५१ जनालाई वडाको पोषणयुक्त कोशेली"