ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २५
दोलखाका पशुपालक किसानहरुलाई ६० हजार सेट्स सुपर नेपियर घाँसको विरुवा निशुल्क वितरण गरिने भएको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रम अन्र्तगत बहुवर्षिय नेपियर घाँसको सेट्स वितरण गर्ने भएको हो ।
किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपियर घाँस वितरण गर्नका लागि तयारी भइरहेको केन्द्रले जनाएको छ । केहि दिनपछि किसानको मागको आधारमा घाँस वितरण गरिने केन्द्रका पशु चिकित्सक पलट चौधरीले बताए । उनका अनुसार घाँस बाँकीरहेको खण्डमा सिन्धुपाल्चोकका किसानहरुलाई वितरण गरिने छ । पशुहरुका लागि घाँस व्यवस्थापनको समस्या घाँस वितरणपछि हट्ने केन्द्रका पशु विकास अधिकृत डाक्टर निशान्त शर्माले बताए । उनका अनुसार यो घाँसबाट पशुको लागि सम्पुर्ण पौष्टिक तत्व पाइने र दुध एवं मासुको उत्पादन तुलनात्मक रुपमा बढ्ने छ । कम लगानीमा उच्च प्रतिफल दिने र उत्पादन बढाउनका लागि किसानहरुको माग बढ्दै गएको उनले बताए । चालु आर्थिक वर्ष घाँस वितरणका लागि केन्द्रमा २ लाख १० हजार रुपैँया उपलब्ध भएको छ । एकपटक लगाएपछि वर्षौसम्म लगाउन नपर्ने, ३–४ महिनामै घाँस तयार हुने, ७ देखि १० फिटसम्म अग्लो हुने, अन्य घाँसभन्दा पोषिलो भएकाले सुपर नेपियरको माग जिल्लामा बढेको छ ।
Be the first to comment on "किसानलाई ६० हजार सेट्स नेपियर घाँस"