कोरोनाका १७ लाखभन्दा धेरै संक्रमित निको भए

५ जेठ, चरिकोट । विश्वभर कोरोना भाइरस (कोभिड-१९) का १७ लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १७ लाख ३३ हजार नौ सय ६३ संक्रमित निको भएर घर फर्किएका हुन् ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या ४७ लाख १३ हजार ७६९ पुगेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा १४ लाख ८६ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । त्यस्तै रुसमा दुई लाख ८१ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन लाख १५ हजार नाघेको छ । अहिलेसम्म कोरोना भाइरसको कारण विश्वभर तीन लाख १५ हजार एक सय ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

सबैभन्दा बढी अमेरिकामा ८९ हजार ५६२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने बेलायतमा मृत्यु हुनेको संख्या ३४ हजार नाघेको छ । इटालीमा पनि ३१ हजारभन्दा धेरैको यो भाइरसको कारण मृत्यु भएको छ ।

Shares

Be the first to comment on "कोरोनाका १७ लाखभन्दा धेरै संक्रमित निको भए"

Leave a comment

Your email address will not be published.


*