आनन्द प्रसाद पोखरेल
लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नेपालको नयाँ नक्सा जारी गरिनेछ : राष्ट्रपति भण्डारी । सलाम सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली । तपाईको नेतृत्वमा सुगौली सन्धिले निर्धारण गरेको सीमा सहितको नेपाल प्राप्त हुनेछ । भारतीय अतिक्रमणकारीले नेपालभूमि छोड़ने छ । नेतृत्वले गरेको बिगतका गल्तीहरु तपाईले मात्र सच्याऊन सक्नुहुन्छ ।
नेपाली जनता र राष्ट्रको भरोसाको केन्द्र तपाई मात्र हो ।अब मुलुकमा नयॉ ध्रुवीकरण शुरु हुनेछ । सच्चा देशभक्त राष्ट्रवादी तप्का एकातिर नक्कली मौसमी राष्ट्रवादी अर्कों कित्तामा ऊभिनेछन । घोषित अघोषित भारतीय टाटनामा भान्सामा गर्नेहरु भारतीय तुर्पको ब्याख्या गर्दै भारतको हितमा आफ्नु क्षमता समर्पित गर्नेछ । केही नेपाली नागरिकता सिरानमा राख्नेहरु भारतले कालापानीको भूभाग मिचेको छैन । भारत काली नदीवारि तरेको छैन । सेना र सड़क भारतीय भुमिमा नै छ । यो मुद्दा भारत बिरोधीहरुले चीन रिजाऊन ऊचालेको हो भनेर बोल्नेछन, लेख्ने छन ।
नेपाल सरकारले सिमाना मिचेको बिरुद्धमा कुटनीतिक नोट हस्तान्तरण गरेपछि सीमाना नमिचेको दलिल भारतले पेश गर्यो ? सुगौली सन्धिले निर्धारण गरेको सीमा नमान्ने उद्घोष गर्यो ? वार्ताको प्रस्तावलाई पन्छाउन, समय बाई गर्ने, वार्तामा नबस्ने र मिचेको भूभाग नछोड्ने ढंगले प्रस्तुत भएपछि सर्बदलीय बैठकमार्फ़त राष्ट्रलाई एकताबद्ध गर्दै २०७७,७८ को नीति तथा कार्यक्रममा सीमाको बारेमा सरकारको आधिकारिक धारणा सार्वजनिक भएको छ । बिगतमा झै भारतीय सरकारको आदेश नेपाल सरकारले मान्ने बिश्वास लिएको भारतीय शासक गुट तिलमिलाएर नेपाली सदनामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समाबेस गरेर नक़्शा जारी गर्ने नीति प्रस्तुत गर्ने बितिकै भारत आतंकित बनेको छ । भारतीय सेना प्रमुख मनोज मकुन्द नरभानले धम्कीको भाषामा भने ‘नेपालले कसैको ईसारामा लिपुलेकको मुद्दा ऊचाल्यो ।’ यो सरासर झुट, षड्यन्त्रपूर्ण, बदनियतले भरिएको, उत्तेजक, होस गुमाएर गरिएका बकवासपूर्ण टिप्पणी हो । म यसलाई ठाडै खारेज गर्दछु ।
नेपाल भारतभन्दा पुरानो सार्वभौम सत्ता सम्पन्न, कहिल्यै कसैको उपनिबेश नभएको स्वाभिमान देशभक्त नेपालीहरुको मुलुक हो । इतिहासमा ब्रिटिश भारतसँग लडेका र अंग्रेज़लाई हराएको गोर्खाको मुलुक हो । भोट–चीन युद्ध लडेर तिब्बतलाई हराएको बीर गोरखालीको (नेपाली) गौरब हामीसँग छ । हाम्रो देशको, सीमा, भूमि र सार्वभौम सत्ताको रक्षा गर्न कुनै छिमेकीको इसारा नेपालको सरकार र जनतालाई चाहिँदैन । वीर नेपाली पुर्खाको नासो नेपालको रक्षा र संवर्धन गर्न नेपाल सरकार र नेपाली जनताको प्रमुख दायित्व हो । यो दायित्व पुरा गर्न ५८ बर्षपछि नेपाल सरकारको नेतृत्वमा राष्ट्रिय एकता क़ायम गर्दै मिचिएको भूमि फिर्ताको महाअभियानमा हामी जुटेका छौ,अन्तिम दम्भसम्म लड्छौ, मिचिएको भूमि फिर्ता लिन्छौं ।
जो चोर उसको ठूलो स्वर भनेझै भारतीय पक्ष सेना प्रमुखमार्फ़त नेपाललाई चुप लगाऊन सैनिक अस्त्र प्रयोग गरिरहेको छ । नेपालको २३ जिल्लाको ७० भन्दा माथि स्थानमा क़रीब ७० हजार हेक्टर ज़मिन मिच्ने बिस्तारबादी भारतले सैनिक शक्तिको बलमा नेपालको सार्वभौम सत्ता र अखण्डतामा धावा बोल्ने क़ब्ज़ा गरिरहने कलुषित मानसिकता राखेको देखिन्छ। भारत यस मानसिकताबाट मुक्त भई दुई पक्षीय कुटनीतिक छलफल र बार्ताद्वारा समस्याको समाधनको लागि वार्ताको टेबलमा बसी समाधान गर्नु नै उपयुक्त बिधि हो । हालसम्म प्राप्त तथ्य र प्रमाणको आधारमा एकै बसाईमा समस्या समाधान हुने बिषयलार्इ गिजोली बहुपक्षीय रंग दिनु भनेको शान्तिपूर्ण र कुटनीतिक ढंगबाट भारत समाधान चाहँदैन भन्ने नै हो।
यसपटक भारतले के नसोचे हुन्छ भने नेपालको यो आवाज सडकमा उठेको हो, पार्टीको मिटिगंमा मौसमी राजनीतिक राष्ट्रवादको रुपमा पार्टी भित्रको सत्ता संघर्षको नौटंकी हो । नेपालमा कालपानी र सीमाको मुद्दा उठ्छ र हराउँछ । नेपाललाई हस्तक्षेप गर्ने दबाबमा राख्न सकिन्छ । काग कराउँछ पिना सुक्छ भन्ने भारतीय बुझाई हो भने भारतले यसपटक महँगो मूल्य चुकाऊनु पर्ने छ यो मुद्दा नेहरुकालीन मानसिकता बोकेका भारतीय नेताहरु छन । उनीहरुको बिस्तारबादी मानसिकतालाई पराजित गरी अतिक्रमित भूमि फिर्ता गर्नको लागि नेपाल कम्युनिस्टका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति क़ायम गरी राष्ट्रिय एकताको प्रस्ताबको रुपमा आएको छ । देश, भूगोल, जनसंख्या र अर्थतन्त्र सानु वा ठूलो हुनसक्छ । तर सार्वभौमसत्ता बराबरी हुन्छ भन्ने सिद्धान्तका पक्षपाती नेतामा जनताको विश्वास र भरोसा छ । यसको नेतृत्व उनैले गरेको हुनाले यो न्यायपूर्ण लड़ाई नेपाली जनताले जित्नेछन । अहिलेसम्म भारतले गरेका षड्यन्त्र, नेपाली जनताको बिभाजन र नेपाल बिरोधी लगानी एकसाथ पराजीत हुनेछ। नेपाल र नेपाली जनता जित्ने छन् ।
नेकपाका केन्द्रीय सदस्य एबंम बाग्मती प्रदेशका सचिब पोखरेलको फेसबुकबाट साभार
Be the first to comment on "हामी जुटेका छौ,अन्तिम दम्भसम्म लड्छौ, मिचिएको भूमि फिर्ता लिन्छौं"