चरिकोट (दीस)– दोलखाको कालिन्चोक गाउँपालिकालाई ४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । क्रिस्चीयन एड नेपालको आर्थिक सहयोग तथा गाम्रिण उद्यम बिकास केन्द्र दोलखाको सहयोगमा सो समाग्री हस्तान्तरण गरिएको हो । आज हस्तान्तरण भएको सामाग्रीमा १५ सेट पिपिइ, १० सेट थर्मल गन, र ५०० जना किसोरीलाई ३ ओटाका दरले १५सय थान स्यानिटरी प्याड रहेको छ । उक्त सामाग्री गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकलाई केन्द्रका अध्यक्ष जगदिश शिवाकोटि तथा सचिव हेमन्त चौलागाईले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । समान हस्तान्तरण कार्यक्रमममा बोल्दै उपाध्यक्ष पाठकले पालिकामा स्वास्थ्य समाग्री आएसँगै कोरोना संक्रमण उपचार गर्न सहयोग पुगेको प्रतिक्रिया दिनु भयो ।
कालिन्चोक गाउँपालिकालाई ४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक ४ जेष्ठ २०७७, आईतवार १४:०५
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "कालिन्चोक गाउँपालिकालाई ४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण"