काठमाडौं । जिल्लाभित्र चलाउन मिल्ने सवारी पाससमेत खारेज गरिएको छ ।
गृहमन्त्रालयमा बिहीबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै जिल्ला भित्रका सवारीका लागि जारी गरिएका सम्पूर्ण पासहरु जेठ ३ बाट लागु हुने गरी खारेज गर्ने निर्णय गरिएको गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले जानकारी दिए ।
यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि जारी गरिएका सवारी पास रद्द गरेको थियो ।
कोरोना संक्रमण बढेसँगै लकडाउनलाई थप कडा गर्ने सरकारको नीति छ ।
Be the first to comment on "जिल्लाभित्र चलाउन मिल्ने सवारी पास पनि खारेज"