चरिकोट (दीस) । नेबिसंघ दोलखाले सदरमुकाम चरिकोटमा आज पुत्ला दहन गरेको छ ।
भारतको मोदी सरकारको विरोधमा सोमबार साँझ दोलखाको सदरमुकाम चरिकोटमा राँके जुलुस प्रदर्शन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
लिपुलेकमा नेपाली भूमी अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा नेपाल विद्यार्थी संघ दोलखाद्वारा राँके जुलुस प्रदर्शन गरेको थियो ।
। लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, नालायक सरकार राजीनामा दे, सीमा मिच्न पाइदैन जस्ता नारा लगाउँदै नेवि संघका युवा हातमा राँको लिएर नारावाजी गर्दै सातदोबाटोमा पुत्दा दहन गरेका थिए ।
Be the first to comment on "नेबिसंघद्धारा दोलखामा मोदी र ओलीको पुत्ला दहन"