ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २६
दोलखाको तामाकोशी गाउँपालिकाले दीर्घ रोगका बिरामीको लागि निशुल्क औषधी उपलब्ध गराउन सुरु गरेसगैँ दीर्घ रोगीले औषधी सेवन गर्न थालेका छन् ।
लकडाउनका कारण दीर्घ रोगका बिरामीहरुले औषधी नपाउदा समस्यामा परेको भन्दै गाउँपालिकाले नै औषधी खरिद गरि सबै वडाका स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध गराउन सुरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलका अनुसार पालिकामा करिब ५ सय ५० जना दीर्घ रोगका बिरामी रहेका छन् । लकडाउनको कारण त्यस्ता बिरामीले सेवन गर्नुपर्ने औषधी पाउन सकेका छैनन् । उक्त बिरामीहरुलाई २ सय ९७ प्रकारका औषधी चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य संस्थाबाटै उपलब्ध गराउन सुरु गरिएको छ । जनताको निम्ती अहोरात्र काम गरेको बताउदै उनले भने, लकडाउनको कारण औषधी सेवन गर्न नपाएका र समस्यामा परेका नागरिकहरुको सहयोगको लागि पालिका अग्रसर रहेको छ । औषधी लिन छुटेका बिरामीहरुलाई तुरुन्त नजिकैको स्वास्थ्य चौकिमा सम्पर्क गर्न अनुरोध गरिएको छ । बैशाख १७ मा बसेको बैठकले पालिका भित्रका दीर्घ रोगीले खाँदै आएको औषधी निशुल्क वितरण गर्ने निर्णय भएको थियो ।
Be the first to comment on "औषधी सेवन गर्न थाले दीर्घ रोगीले"