विपन्न र असहाय परिवारको सहयोगी निता राउत फाउण्डेशन

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २४
निता राउत फाउण्डेशनद्धारा असहाय विपन्न तथा कमजोर आर्थिक स्थिति भएका परिवारको सहयोगी बनेको छ ।
२०७४ चैत्र बाट समाजसेवामा सक्रिय फाउन्डेशनले कोरोना भाइरस रोकथामका जारी लकडाउन प्रभावितलाई निरन्तर सहयोग गरि सहयोगी बनेको हो ।
फाउन्डेशनले लकडाउन अवधिमा ४० परिवार र १ बाल गृहमा खाद्यान्न सामाग्री वितरण गरिएको फाउन्डेशनकी अध्यक्ष निता राउतले बताइन् । मंगलबार चरिकोटमा फाउन्डेशनले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका पाँच परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । जिरीका ज्ञान बहादुर बस्नेत, उदयपुर घर भएका हिराकुमारी माझी, काशिमाया माझी, महोत्तरी घर भएका सबिनाकुमारी गर्जा, सर्लाही घर भएका राम प्रसाद शाह को परिवारलाई करिब १० दिनको लागि पुग्ने गरी खाद्यान्न सामाग्री वितरण गरिएको अध्यक्ष राउतले बताइन् । सेवा नै धर्म हो भन्ने मुल नाराका साथ फाउण्डेशन अघि बढिरहेको बताउँदै उनले भनिन् “ लकडाउनको समयमा विपन्न वर्गले सहयोग पाउँदा जति खुसी भएका छन् त्यसरी नै फाउन्डेसनका सबै सदस्य खुसी भएका छन् । यो विपत्तिमा सकेको सहयोग गर्न मनकारी सबैलाई आग्रह गर्दछु ।” समाजसेवामा विभिन्न स्थानका सहयोगी हातहरुले पनि सहयोग गरिरहेको उनले बताइन् ।
अध्यक्ष राउतले आफुलाई पाएको तलबको २० प्रतिशत रकम फाउन्डेशनमा जम्मा गर्ने गरेकी छिन् । उनले भनिन् “अहिले सम्म विभिन्न व्यक्तिहरुको सहयोगले हरेक अभियान सफल भएको छ अझै पनि लकडाउन लम्बिन सक्ने भएकोले सहयोगको अभियानमा सहयोगको अपेक्षा गर्दछु । धेरै होइन थोरै तर सबैले सहयोग गराँै । सामाजिक भावनाको विकास गरौँ” फाउन्डेशनले समाजिक कार्यमा निरन्तर सहयोग र सक्रियता देखाएकोले जिल्लाका कमजोर आर्थिक स्थिति भएका परिवार भोको पेट बस्नुपर्ने अवस्था नरहेको भन्दै खुशी भएका छन् ।

Shares

Be the first to comment on "विपन्न र असहाय परिवारको सहयोगी निता राउत फाउण्डेशन"

Leave a comment

Your email address will not be published.


*