ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १७
दोलखाको शैलुङ गाउँपालिका जनप्रतिनिधिले बागमती प्रदेशका निती तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम कुमार बस्नेतसँग एकीकृत भिडियो संवाद गरेका छन् ।
पालिकामा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भएका कार्य र विकास निर्माण बारे जानकारी दिन मंगलबार दिउँसो साँढे ३ देखि साँढे ४ बजेसम्म १ घण्टा भिडियो संवाद गरेका हुन् ।
भिडियो संवादमा ८ वटै वडाका वडाध्यक्ष, पालिका उपाध्यक्ष लालमाया योन्जन, प्रमुख प्रशासकीय अधिकृत रामकुमार महत्तो र अध्यक्ष भरत दुलालले पालिकामा कोरोना नियन्त्रणमा भइरहेको प्रयास तथा विकास निर्माणको विषयमा जानकारी आयोगका कार्यवाहक उपाध्यक्ष बस्नेतलाई दिएका छन् ।
भिडियो संवादमा गाउँपालिमा सबै वडा कार्यालय र स्वास्थ्य संस्थामा हात धुने व्यवस्था गरिएको, कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि ३० लाखको कोष खडा गरिएको जानकारी दिएका छन् । ३० बेडको क्वारेन्टाइन निर्माण गरिएको र अब थप ४ बेड थपिने, एम्बुलेन्स तयारी अवस्थामा राखिएको, स्वास्थ्य संस्थामा उपकरण तथा सुरक्षाका सामग्री उपलब्ध गराइएको, अन्य जिल्लाबाट पालिका भित्रिएका नागरिकको स्वास्थ्य परीक्षण र अवस्था लगायतको विषयमा जानकारी दिइएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ४ का अध्यक्ष भरत ढूङ्गेलले बताए । कोरोना रोकथाममा आगामी योजना तथा कार्य, विकास निर्माणको अवस्था, योजना लगायतको विषयमा बस्नेतलाई जानकारी दिइएको उनले बताए । लकडाउन लम्बिन सक्ने भएकाले अन्नबाली लगाउन मल तथा बिउको उपलब्धता, विकास निर्माणको सामग्री आयात सहज बनाई सामाजिक दुरी कायम गरि कृषि र विकास निर्माण कार्य गर्ने बारे जानकारी दिइएको छ । पालिकाका जनप्रतिनिधिबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि कोरोना नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने कार्य र विकास निर्माणमा प्रदेशले सहयोग गर्ने लगायतका बारे मार्गनिर्देश गरेका पालिकाले जनाएको छ । सबैको समन्वय र सहकार्यबाट कोरोना नियन्त्रण र रोकथाम सफल हुने भएकाले प्रदेश सरकारले सहयोग गर्ने आयोगका उपाध्यक्ष बस्नेतले जनाए ।
Be the first to comment on "शैलुङद्वारा बागमती प्रदेशका योजना आयोगका कार्यवाहक उपाध्यक्ष बस्नेतसँग भिडियो वार्ता"