राजधानीबाट दोलखा फर्किएका व्यक्तिको स्वास्थ्य परिक्षण गरिने

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १०
दोलखामा राजधानी लगायत अन्य जिल्लाबाट आएका नागरिकहरुको स्वास्थ्य परीक्षण गरिने भएको छ । कोरानो अर्थात कोभिड–१९ जोखिम न्युनिकरण जिल्ला समन्वय समिति र जिल्ला संकट व्यवस्थापन समिति बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । त्यस्ता नागरिकहरुको घरमै पुगि स्थानिय तहले भोलीबाटै स्वास्थ्य परीक्षण गरिने बैठकमा निर्णय भएको हो । कोरोना भाइरसको संक्रमण फैलन नदिन सावधानी स्वरुप स्वास्थ्यकर्मीहरु परिचालन गरि स्वास्थ्य परीक्षण गरिने भएको हो ।
बैठकले कोराना भाईरस लगायत जिल्लामा विपद् व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहबाट दुई लाखका दरले रकम जम्मा गरी साझा कोष स्थापना गर्ने निर्णय गरेको कोभिड १९ जोखिम न्युनिकरण जिल्ला समन्वय समितिका संयोजक डबल पाण्डेले जानकारी दिए । उनकाअनुसार दैनिक उपभोग्य वस्तुहरु, कृषि औजार, मल, विउहरु र निर्माण सामग्रीको ढुवानी कार्यलाई व्यवस्थित बनाईने निर्णय गरेको छ । साथै लकडाउनलाई प्रभावकारी बनाउन सबै नागरिकलाई अनुरोध गरिएको छ ।

Shares

Be the first to comment on "राजधानीबाट दोलखा फर्किएका व्यक्तिको स्वास्थ्य परिक्षण गरिने"

Leave a comment

Your email address will not be published.


*