चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकामा २ जना क्वारेन्टाइनमा बसेका छन् ।वडाले बनाएको क्वारेन्टाइनमा हिजोबाट पालिकाको वडा नम्बर ७ मा दुई जना क्वारन्ेटाइनमा बसेका हुन् । भारतबाट आएका उनीहरुलाई सामान्य रुघाखोकी देखिएकोले समुदायको आग्रहमा क्वारन्ेटाईनमा राखिएको वडाअध्यक्ष नबराज खडकाले जानकारी दिए । सेती देवी प्रा.विमा स्थानीय व्यक्तिको सहयोगमा १० वेडको क्वारन्ेटाइन बनाइएको उनले बताए । कोरोना विरुद्ध लड्न ३३ जना रहेको विपद्ध व्यवस्थापन समिति बनाइएको उनले जानकारी दिए । भोलीबाट वडामा ६ हजार माक्स र १५ सय सेनिटाइजर र साबुन वितरण गरिने पनि वडाले जनाएको छ । त्यसैगरी वडामा रहेको स्वास्थ्य चौकीमा पिपिई सेट तथा अन्य स्वास्थ्य समाग्री वितरण गरिने उनले जानकारी दिए ।
पालिकाको रातो झण्डा राख्ने अभियान
पालिकाले विदेशबाट आएकालाई आफ्नै घरमा होम क्वारेन्टाइनमा राख्न स्वय व्यक्तिको घरमा झण्डा राख्ने अभियान संन्चालन गरेको छ ।हाल सम्म १४ घरमा रातो झण्डा राखिएको गाउँपालिकाका प्रमुख नर बहादुर श्रेष्ठले जानकारी दिए । पालिकाले स्वास्थ्य सामाग्री स्थास्थ्यकर्मी तथा एम्बुलेन्स डाइभरलाई पिपिई सेट वितरण गरेको उनले जानकारी दिए । कोरोना (कोभिड–१९) संक्रमण देखिएमा पालिकाले निशुल्क आइसोलेसन भएको अस्पतालसम्म एम्बुलेन्स लैजाने व्यवस्था गरेको छ ।
Be the first to comment on "दोलखामा पहिलो पटक २ जना क्वारेन्टाइनमा"