चरिकोट (दीस)–दोलखाको सदरमुकाम चरिकोटमा रहेको गौरिशंकर सामुदायिक पुस्तकालयले आज जिल्ला विपद् व्यवस्थापन समितिलाई विभिन्न सर्जिकल सामान हस्तान्तरण गरेको छ । सर्जिकल मास्क ३०० थान ,ग्लोब्स ३०० थान ,पिपिइ ९ थान , स्यानिटइजर–४८ थान डेटोल साबुन–१२ थान पुस्तकालयले समितिलाई हस्तान्तरण गरेको हो । विश्वमा (कोभिड–१९) कोरोना भाइरसका कारण जनजीवनमा पारेको असरलाई कम गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त समान हस्तान्तरण गरेको अध्यक्ष कृष्ण बस्नेतले बताए । सामाग्री हस्तान्तरण जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे मार्फत गरिएको जनाइएको छ । हस्तान्तरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर भरत के.सी , दोलखाका प्रमुख जिल्ला अधिकारी भिम कान्त शर्मा , स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु झा लगायतको सहभागिता रहेको थियो ।
गौरीशंकर सामुदायिक पुस्तकालयद्धारा विभिन्न सर्जिकल सामान हस्तान्तरण
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक १९ चैत्र २०७६, बुधबार १७:१४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "गौरीशंकर सामुदायिक पुस्तकालयद्धारा विभिन्न सर्जिकल सामान हस्तान्तरण"